Rashtriya Dainik

कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहद्वारा अतिक्रमण हटाई नमूना कार्य शुरु

पार्वती आचार्य / कपिलवस्तु ,१९ फागुन

बाणगंगा नगरपालिका ९ भर्तापुर (भर्लावास) स्थित कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले नमूना कार्यको थालनी गरेको छ । वन क्षेत्रको अतिक्रमण रोकथाम गर्नका लागि र अतिक्रमणलाई हटाई वन क्षेत्रलाई व्यवस्थित गरी पर्यटकहरुलाई भित्राउने उद्देश्य र आयआर्जनका लागि डुंगा संचालन , माछापालन गर्न खोला खोल्सी व्यवस्थापन गर्दै परिमार्जन गरेको छ । उक्त खोलामा त्याहाँका बस्तीहरुले अतिक्रमण गर्दै आएका थिए ।
वन क्षेत्रको संरक्षण गर्नुपर्छ , वनलाई मास्नु हुँदैन भन्ने उद्देश्यले ३ सय मिटर भन्दा बढी लम्बाईको अतिक्रमणलाई हटाई खोला खोल्सी व्यवस्थापन गर्दै पोखरी निर्माण कार्यको थालनी गरेको छ । उक्त कार्यको थालनी फागुन ७ गते देखि गरिएसंगै डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत बिजयराज सुवेदीद्वारा अनुगमन समेत भएको कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले जानकारी दिएको छ ।
सामुदायिक वनले गरेको नमूना कामबाट भावि सन्ततीहरुका लागि केही आयआर्जज होस , कोईचौर साना किसान सामुदायिक वनले गरेको नमूना कामको सिकाई अन्य सामुदायिक वनहरुले समेत गर्न सक्ने छन् र युवाहरु आफ्नै देशमा स्वरोजगार बन्न सकुन भन्ने उद्देश्यले यो कार्यको शुरु गरिएको कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुन्तामणि भुसालले बताउनु भयो । २४औं वार्षिक साधारणसभाबाट अतिक्रमण हटाउने , खोला खोल्सी व्यवस्थापन गर्ने , पोखरी निर्माण गर्ने , यस क्षेत्रलाई धार्मिक स्थल निर्माणका लागि १ सय १ वटा पिपलको विरुवा लगाउने लगाएतका बिभिन्न कार्यकालागि समितीले निर्णय गरेको थियो ।
भर्तापुर (भर्लावास) क्षेत्रको बिकास र पर्यटन प्रवद्र्धनका लागि पोखरी निर्माण भईसकेपछि रोजगारको सिलसिलामा बिदेशमा रहेका युवाहरुले समेत डुंगा खरिद गर्न सहयोग गर्ने आसवासन दिएको हुँदा वनको २५ औं वार्षिक साधारणसभा सम्म डुंगा संचालनमा ल्याउने अध्यक्ष भुसालले बताउनु भयो । “सुन्दर र शान्त रमणीय ठाउँमा एक पटक हेर्न जाउँ भन्ने खाल्को क्षेत्र निर्माण गर्न , बोटिङ् गर्न , पिकनिक पार्क लगाएतका स्थलहरु निर्माण गर्ने , आर्थिक संमृद्धिको वृद्धि गर्ने र आन्तरिक र बाहिरी पर्यटकहरु भित्र्याउने लक्ष्य छ अध्यक्ष भुसालले भन्नु भयो, ।
कोईलीचौर साना किसान सामुदायिक बन उपभोक्ता समूहको घरधुरी संख्या ४ सय ८० रहेको छ । खहरे , खोल्सा खोल्सी गरी २ सय १८ हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको यस वन क्षेत्रका उपभोक्ताहरु एकदमै उत्साहित छन् । वन क्षेत्रका केही कार्यहरुको थालनी गर्दा उपभोक्ताहरुको राम्रो साथ सहयोग पाईरहेको कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भुसालले बताउनु भयो ।


पोखरी निर्माणको लागि वनको वार्षिक साधारण सभाबाट रु. १० लाख रुपैंया विनियोन गरिएको थियो । यसैगरी खोला खोल्सी व्यवस्थापनका लागि दुई ठाउँ व्यवस्थापन गर्ने निर्णय भए अनुसार एउटा वन कार्यालयको नजिक र अर्को खोलाको नजिक खोला खोल्सी व्यवस्थापनको लागि लुम्बिनी प्रदेश कार्यालयबाट रु. २६ लाख ४८ हजार ६ सय ६६ रुपैंया ५० पैसा फागुन १६ गते सम्झौता गरिएको अध्यक्ष भुसालले बताउनु भयो । एका तर्फ प्रदेश र वनको नियम अनुसार खोलाको दुवै किनारमा पर्खाल लगाई बिचभाग देखि बढी भएको मेट्रियल उठाई डम्पिङ् तत्काल शुरुवात गरिने छ ।
भने अर्कोतर्फ वन क्षेत्रको अतिक्रमण हटाएर खोलाखोल्सी व्यवस्थापन गरी पोखरी निर्माण शुरु गरिएको छ । यस सामुदायिक वनका उपभोक्ताहरु यहाँको बिकास , चित्तबुझ्दो काम कार्य , बाटोको ग्राभिल , पोखरी निर्माण , सामुदायिक वनको भवन निर्माण , किसानहरुको सिंचाईका लागि नहर निर्माण , बिद्यालयलाई सहयोग लगाएका जुनसुकै कार्य गर्दा उपभोक्ताहरुको सल्लाह र सुझाव अनुसार गरिएको हुँदा समूहको सेवा देखि उपभोक्ताहरु खुशी छन् ।


वन क्षेत्रको अतिक्रमण हटाई बिकास मुखी कार्यहरु हुने भएपछि उपभोक्ताहरु खुशी भएको उपभोक्ता समूहका सचिव सुस्मा क्षेत्री , कोषाध्यक्ष माधुरी सेन वलि र कार्यसमितीका सदस्य तेज बहादुर बुढामगरले बताउनु भयो । वन क्षेत्रलाई संरक्षण गर्दै कोईचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले यस क्षेत्रलाई रमणिय पार्क स्थलको रुपमा निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने र आर्थिकको क्षेत्रलाई मजबुद बनाउन सबैको साथ सहयोगको आवश्यकता रहेको समूहले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित