सुनिल आचार्य /कपिलवस्तु, १९ फागुन
पेसागत महासंघ नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजना तथा पेसागत महासंघ नेपाल जिल्ला कमिटी कपिलवस्तुको व्यवस्थापनमा लुम्बिनी प्रदेश स्तरिय क्षमता बिकास सम्बन्धि एक दिवसीय प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पसको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी पेशागत महासंघका केन्द्रिय अध्यक्ष पुण्य प्रसाद ढकालले पेसागत महासंघ नेपालको वर्तमान अवस्था , भावि कार्यदिशा , सुशासनमा पेसाकर्मीको भूमिका , मुल्यमान्यता , जिम्मेवारी , राष्ट्रिय समितीले निर्वाह गरेका भूमिका लगायतका बिषयहरुमा प्रशिक्षण गर्दै पेसागत मर्यादा सहित सेवा प्रतिको समर्पणका लागि जिम्मेवारी वहन गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख वक्ता (प्रमुख प्रशिक्षक) नेकपा एमाले पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले बिभिन्न आन्दोलन एवं परिवर्तनमा पेसाकर्मीले खेलेको भूमिका , समसामयीक राजनैतिक बिषयहरु र पार्टीको भूमिकाको बिषयबारे जानकारी गराउनु भएको थियो ।
यसैगरी पेसागत महासंघ नेपालका केन्द्रिय महासचिव केदार प्रसाद देवकोटाले विश्व टे«ड युनियन र नेपालको टे«ेड युनियन आन्दोलनको ईतिहास तथा वर्तमान अवस्थाको बारेमा सहजीकरण गर्नुभएको थियो । यस्तै कार्यक्रममा पेसागत महासंघकी सुमित्रा शर्माले सहजीकरण गर्दै पार्टी र जनसंगठन बिचको अन्तर सम्बन्धको बिषयमा प्रष्टपार्नु भएको थियो ।
कार्यक्रममा पेसागत महासंघ जिल्ला समिती कपिलवस्तुका अध्यक्ष बाबुराम पोख्रेलले स्वागत मन्तव्य दिंदै पेसागत महासंघ नेपाल लुम्बिनी प्रदेश समितीले ऐतिहासिक एवं पुरातात्विक विविधाले भरिपुर्ण कपिलवस्तु जिल्लामा प्रशिक्षण कार्यक्रम संचालन गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिनु भयो । उहाँले पेसाकर्मीहरुले भोग्नु परेका समस्याहरु , प्रशासनिक संघियताको कार्यान्वयन र राज्यले समयमै संबोधन गर्नुपर्ने पेसाकर्मीहरुका समस्याका बारेमा चर्चा गर्दै कार्यक्रममा उल्लेख्य सहभागिताका लागि सम्पूर्णमा आभार व्यक्तगर्नु भयो ।

कार्यक्रम पेसागत महासंघ लुम्बिनी प्रदेश समितीका अध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षता तथा पेसागत महासंघ लुम्बिनी प्रदेश समितीका महासचिव नेत्र पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी , नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कणेल , पेसागत महासंघ नेपालका राष्ट्रिय समिती र लुम्बिनी प्रदेश समितीका पदाधिकारीहरु , नेकपा एमाले कपिलवस्तु अध्यक्ष डम्मर शर्मा , बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल लगायत १२ वटै जिल्लाका बिभिन्न् घटक संगठनका आवद्ध पेशाकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

