आरपि उपाध्याय /नवलपरासी ,१९ फाल्गुन
नेपाल लोकतान्त्रिक वादी आदिवासी जनजाती महासंघ नवलपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ।
कावासोती १६ डण्डा स्थित थारु सङ्ग्रालयमा जिल्ला सम्मेलन सम्पन्न भएको हो।
लोकतान्त्रिक वादी आदिवासी जनजाती महासंघ नवलपुरका अध्यक्ष इन्द्र बहादुर फालको अध्यक्षतामा जिल्ला सम्मेलन सम्पन्न भएको थियो।
प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङदाम्बेले पार्टीमा मौलाउदै आएको गलत प्रवृत्तिलाई अन्त गरेर अगाडि बढिएमा गन्तव्यमा पुग्न सकिने बताउदै नेपाली काङ्ग्रेसमा नेतृत्वको होडबाजी भएपनी विचार,आदर्शको सवालमा सिङ्गो पार्टी एक भएर हिडेको धारणा राख्नुभयो।
उहाँले केन्द्र र जिल्ला तहका केही नेताहरु कुन ठाउँमा कस्तो विचार व्यक्त गर्ने बारे होस पुर्याएर आफ्नो धारणा राख्न निर्देशन दिनुभयो।
नेपाली काङ्ग्रेसका अन्य भातृ संस्थाहरुले अधिवेशन गर्न नसकेको अवस्थामा नेपाल लोकतान्त्रिक वादी आदिवासी जनजाती महासंघ नवलपुरले प्रथम जिल्ला सम्मेलन गरेर नयाँ इतिहास बनाएको पनि आङदाम्बेले जिकिर गर्नुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पार्टीलाई बलियो बनाउन भातृ संस्थाहरुलाई उर्जावान बनाउन सकिए त्यसको प्रतिफल सिङ्गो पार्टीले पाउने विचार व्यक्त गर्नुभयो।

सो अवसरमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, गण्डकी प्रदेश सरकारका कृषि भुमी तथा सहकारी विकास मन्त्री महेन्द्रध्वज जि.सी., लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष ओम थापा लगायत डेढ दर्जन नेताहरूले आफ्नो भनाइ राख्नुभएको थियो।
जिल्ला अन्तर्गत कुल ५५६ जिल्ला प्रतिनिधि रहेको लोकतान्त्रिक आदिवासी जनजाती महासंघको जिल्ला नेतृत्व सर्वसम्मत चयन भएको जानकारी प्राप्त भएको छ।
जसमा इन्द्र बहादुर फालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला कमिटी सदस्य एवं निर्वाचन समिति सदस्य ढाकाराम भट्टराईले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

