Rashtriya Dainik

पर्यटन राज्यमन्त्री ठकुरीद्धारा नवलपरासीका पर्यटकिय स्थानको अवलोकन

नवलपरासी ,१९ फागुन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नवलपरासीका पर्यटकिय गन्तब्यहरुको अवलोकन गर्नु भएको छ ।

हिन्दु र मुसलमान समुदायको साझा तिर्थस्थलको रुपमा रहेको पश्चिम नवलपरासीको मदारबाबा मेला उदघाटनका लागि नवलपरासी पुग्नु भएकी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सिर्पालीले वर्दघाट नगरपालिकामा रहेको ऐतिहासिक कन्चनपुरगढी र सुनवलमा रहेको ऐतिहासिक देवदह तालको अवलोकन गुर्न भएको छ ।

वर्दघाट नगरपालिकाको वार्ड नम्बर १४ को खुजुरा होलाको माथिल्लो भागमा रहेको ऐतिहासिक कन्चनपुरगढीलाई पर्यटन मन्त्रालयले देशका घुमनु पर्ने एक सय गन्तब्य मध्य एक गन्तब्यको रुपमा सूचिकृत गरेको भए पनि यो ऐतिहासिक गठि आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । कन्चनपुर गढिमा पाल्पाली सेन राजाको बेलामा बनेका अनेक प्रकारका प्राचिन संरचना एवं प्रमाणहरु फेला परेको भए पनि आवश्यक अध्ययन अनुसन्धानको अभावमा यो स्थान पछि परेको हुनाले यो स्थानको पुरातात्वीक अध्ययनको आवश्यकता रहेको वर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भएको छ ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले कन्चनपुरढीको स्थलगत अवलोकन गरे पछि यो ऐतिहाकि स्थल रहेकोले यस क्षेत्रमा प्राप्त प्रमाणहरुको सरक्षण गरी पुरातात्विक विषयका विज्ञहरुबाट अध्ययन अनुसन्धान गर्न आफुले पहल गर्ने बताउनु भएको छ । भौगोलिक रुपमा पनि राम्रो स्थान गरेको र ऐतिहासिक, पुरातात्वीक महत्वको हिसबले पनि यो स्थान महत्वपुर्ण रहेको भन्दै यस क्षेत्रको विकास र संरक्षणका लागि केन्द्र सरकारको तर्फ देखी आफुले हर सम्भव प्रयास गर्ने बताउनु भएको छ ।
यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको ऐतिहासिक देवदह तालको समेत अनवलोकन गर्नु भएको छ । राज्यमन्त्री सिर्पालीको अनुगमनको अवसरमा देवदह तालको एतिहासिक महत्वबारे र यहाँको विषेशताको बारेमा सुनवल नगरपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष नारायण आचार्यले विस्तारमा बताउनु भएको थियो । ऐतिहासिक तालको अनुगमन पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सिर्पालीले नवलपरासी बुद्धको एतिहासिकतासंग गहिरो सम्बन्ध रहेको जिल्लाको रुपमा रहेको हुनाले पर्यटन मन्त्रालयले केही समय पछि जिल्लाको सबै ऐतिहासिक एवं पर्यटकिय स्थलहरुको पुरातत्व विभागका विषेशज्ञ सहितको टोली आएर आवश्यक प्रारम्भिक अध्ययन गर्ने बताउनु भएको छ ।
बुद्धको मावली प्राचिन कोलिय राज्यको राजधानीको अध्ययनका क्रममा नवलपरासीको पण्डीतपुरमा प्राचिन प्रमाणहरु भेटिए पछि देवदह ताल पनि पश्च्मि नवलपरासीमा नै हुनु पर्ने अवश्था आए पछि सुनवल ७ को उक्त ताल नै प्राचिन देवदह ताल हुन सक्ने अनुमान गरिएको बेलामा राज्यमन्त्रीको अनुगमनले यसलाई अझै उजागर गर्ने आशा गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित