Rashtriya Dainik

दुई बिधेयक,एक कार्यविधि पारित गर्दै पाल्हिनन्दनको सोह्रौँ गाउँ सभा सम्पन्न

रंजीत शर्मा/ नवलपरासी, १८ फाल्गुन।

पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउपालिकाले यस आर्थिक वर्ष २०८०/०८१ को आज सम्पन्न हिउँदे अधिवेशनबाट दुई ऐन र एक कार्यविधि पारित गर्दै सोह्रौँ गाउँ सभा सम्पन्न गरेको छ।

हिउँदे अधिवेशनबाट संघसंस्था दर्ता बिधेयक २०८०,स्वास्थ्य बिधेयक २०८०,लैगिक समानता तथा सामाजीक करण नीति कार्यविधि २०८० पास तथा विनियोजन ऐन संसोधन गर्दै गाउँसभा सम्पन्न गरेको छ।

पाल्हिनन्दन गाउपालिकाले यस आर्थिक बर्ष २०८०/०८१ मा सम्पन्न हुन सकेका तथा बस्ती र वार्ड तहबाट परिवर्तन गर्न आएका योजना समेत परिवर्तन गरी पारित गरेको प्रमूख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए।

गाउँसभाले वर्ष अधिवेशनमा पारित गरेको नीति तथा कार्यक्रममा कृषि देखि छोरी बीमालाई निरन्तरता र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चोक चोकमा सिसिटिभी जडानलाई प्राथमिकता दिएको थियो। वर्षे अधिवेशनमा अध्यक्षले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा स्रोत साधनको व्यवस्थित परिचालन गरेर अधिकतम उपलब्धि हासिल गर्ने ,स्वरोजगारी सिर्जना गरी गरीब विपन्न परिवारको जीवनस्तर माथी उठाउने र सबै वर्ग,क्षेत्रको सन्तुलित परिमाणमुखी विकासको सिर्जना गर्दै आर्थिक विकास र स्वरोजगार:समृद्ध पाल्हीनन्दनको आधार निर्माणलाई ख्याल गरि सोही अनुसारका योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको थियो।

विषयगत रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्राविधिक शिक्षामा जोड, सबै प्रकारका व्यवसायलाई अनिवार्य दर्ता,इको टुरिजम अवधारणा, सावर्जनिक उद्यान तथा पार्क, पर्यटन प्रवर्द्धनको लागि एकाकृत सूचना केन्द्रको स्थापना,कृषि तथा पशु बिमा,अनौपचारिक शिक्षा कक्षाको सञ्चालन, प्रत्येक वार्डमा खेलकूद मैदान निर्माण गरिने लगायतको कार्यक्रम समेटिएको थियो।

गाउँपालिकाले सामाजिक क्षेत्रमा शिक्षक अपुग विद्यालयमा शिक्षक व्यवस्थापन गर्ने,दलित तथा गरीब विधार्थीलाई सहयोग गर्ने, शिक्षा क्षेत्रमा बालिकालाई प्रोत्साहन गर्न बेटी पढाऔ बेटी बचाऔं अभियानलाई निरन्तरता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको थियो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँ भित्रका सीप सिक्न इच्छुक व्यक्तिहरुलाई सीप तालिम संचालन गर्ने,उद्यमशिलता र सीपमूलक तालिम,अपाङ्ग मैत्री भवन निर्माण,पशुपालन र कृषि क्षेत्रमा स्वरोजगारी सिर्जना गर्न विशेष कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा रहेको थियो ।

गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्रवाह गर्ने,पाल्हीनन्दन अस्पतालको स्तर उन्नती गर्ने,स्वास्थ्य विमा कार्यक्रम, स्वास्थ्य सेवामा सुधार,जेष्ठ नागरिकलाई घर मै उपचार गर्ने, धार्मिक पर्यटन क्षेत्र घोषणा, महिनाको एक दिन श्रम दिनको अवधारणा ल्याउने नीति तथा कार्यक्रममा समेटिएको थियो ।

पालिकालाई पुर्ण सरसफाई युक्त पालिका,कृषि क्षेत्रको हब निर्माण,भु- उपयोग निति तयार,भौतिक पूर्वाधारको निर्माण गरिने,वातावरण व्यस्थापन,खेलकुद मैदान व्यवस्थापन, विज्ञहरुको टोलीको निर्माण गर्ने नीति तथा कार्यक्रममा रहेको छ ।

गाउँपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त बनाउन प्रत्येक कार्यालयमा विद्युतिय हाजिरी,सिसिटिभी जडान गर्ने,बालमैत्री घोषणाको लागि कार्यक्रम गर्ने,टोल टोलमा विकास समिति गठन,ई- प्रोफाइल निर्माण,स्मार्ट सिटीको धारणा,एक घर एक करेसाबारी,स्याहार केन्द्र स्थापना र सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएका छन्।

गाँउपालिकाका उपाध्यक्ष फातिमा खातुन अन्सारीले वर्षे अधिवेशनमा ४३ करोड ७८ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत मध्य यस अधिवेशनमा कठिनाई परेका केही शीर्षक हेरफेर गरिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित