राष्ट्रिय दैनिक / नवलपरासी ,१८ फाल्गुन
पश्चिम नवलपरासी प्रतापपुर स्वास्थ्य चौकीको भवन एक कार्यक्रमका बिच शुक्रबार शिलान्यास गरिएको छ।
विकासको पुर्वाधारमध्ये प्रमुख पुर्वधार मानिने स्वास्थ्य सेवालाई अझबढी नागरिकसम्म पुर्याउने उद्देश्यले नयाँ भवन शिलान्यास गरिएको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभएको छ।

प्रतापपुर ९ बेलाटारी निवासी राजेश चौधरीले दान गर्नुभएको ४.५ कठ्ठा जग्गामा भुमी पुजन सहित सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको हो।
स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै पालिका अध्यक्ष यादवले ९ महिनाभित्र निर्माण कार्य सम्पन्न गरि सेवा सुचारु गरिने जानकारी दिनुभयो।
२०८० साल मङ्सिर महिनामा भवन निर्माण सम्झौता गरेको कृष्णा कन्ट्रक्सन बुटवलले आउदो २०८१ मङ्सिर महिनाभित्र निर्माण कार्य पूरा गर्ने बताएको छ।
कुल १ करोड ८ लाखको लागतमा निर्माण हुने स्वास्थ्य चौकीमा सुविधा सम्पन्न कोठाहरु रहने प्राविधिकले जानकारी दिएका छन।

आफ्नो निजि भवनको अभावमा लामो समयदेखि प्रतापपुर स्वास्थ्य चौकी गाउँपालिका वडा न.९ को वडा कार्यालय भवनमा सेवा पुर्याउदै आएको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

