पार्वती आचार्य /कपिलवस्तु ,फागुन १८
मायाँदेवी गाउँपालिकाको वडा न. ५ को वडा कार्यालयले वडा अन्तरगतका पाँचवटा सामुदायिक बिद्यालयहरु र एक वटा मदरसामा खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
वडाबाट बिनियोजित बजेटबाट खेलकुदका सामाग्रीहरु खरिद गरी श्री जनता मावि बलुहवा , सुभद्र मावि सिरहनिया , डिजेको बोणिङ् स्कूल शिसवा , उदय ज्योति ईलिस बोर्णिङ् स्कूल ठुलो सिसहनिया र सिहोरवा मदरसालाई खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रममा मायाँदेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानको प्रमुख आतिथ्यतामा वडा अध्यक्ष राघबेन्द्र प्रसाद पाण्डेय , निमित्त प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण तेली , वडा सदस्य अजय कुमार तिवारी , वडा सचिव स्याम कुमार कामत लगाएतको उपस्थितीमा फागुन १६ र १७ गते खेलकुद सामाग्रीहरु भलिवल , फुटवल , क्रिकेट सेट , भलिवलको नेट लगाएतका खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले खेल स्वास्थ्यको लागि फाईदा भएको बताउँदै बिद्यालयका बिद्यार्थीहरु र युवाहरुले बिभिन्न खेलको माध्यमबाट पनि क्षमता वृद्धि गर्न सक्ने र देश बिदेश सम्म चिनाउन सक्ने बताउनु भयो ।
खेल मार्फत बालबालिका र युवाको चौतर्फि बिकास हुनुका साथै स्वाथ्यको लागि फाईदा हुने भएकोले बिद्यालयको साथसाथै वडाको दश वटा टोलका युवाहरुलाई समेत लक्षित गरेर प्रोतसाहन स्वरुप खेलकुद सामाग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष राघबेन्द्र प्रसाद पाण्डेयले बताउनु भयो ।
यसैगरी वडा कार्यालयले बलुहवा स्वास्थ्य चौकीमा आवश्यक औषधीको माग अनुसार २५ प्रकारका औषधीहरु स्वास्थ्य चौकीका इन्चार्ज माला झालाई हस्तान्तरण गरिएको वडा सचिव स्याम कुमार कामतले बताउनु भयो ।
वडा अध्यक्ष पाण्डयले वडाका जेष्ठ नागरिक , एकल , दलित महिला , बिधवा महिला गरी २ सय ५० जनालाई खोल सहितको व्लाङ्केट बितरण गरिएको बताउनु भयो । यसैगरी अपांगता भएका क, ख ,ग र घ श्रेणीका व्यक्तिहरुलाई समेत खोल सहितको व्लाङ्केट हस्तान्तरण गरिएको छ । गर्भवती महिलाहरुका लागि पोषण सम्बन्धि सामाग्रीहरुमा चना , अण्डा र आयोडिन नुन हस्तान्तरण गरिएको वडा सदस्य अजय कुमार तिवारीले जानकारी दिनु भयो ।
युवा संजालका बब्लु यादव र अंगद चौधरीले युवाहरुलाई खेलको माध्यमबाट शसक्तिकरण गर्न र क्रियाशिल गराउनका लागि वडा नं. ५ को वडा कार्यालयले राम्रो कार्य गरेको भन्दै वडा कार्यालयलाई धन्यवाद दिए । जेष्ठ नागरिकलाई लक्षित गरी खोल सहितको व्लाङ्केट पाएपछि किस्मती देवी नाउनी , प्रेमकला उपाध्याय , कैलासी अहिरिन , गिता मिश्र र निलम दुवेले वडा कार्यालयलाई धन्यवाद दिंदै खुशी व्यक्त गरेका छन् ।

वडाबाट गर्भवती महिलाहरुले पोषणयुक्त सामाग्री चना , अण्डा र आयोडिन नुन वितरण गरेको छ । गर्भवती कुशुम कुमारी दुवे , प्रियंका धोवी , आस्मा मुसलमान , ज्ञानमति मौर्य र पुनिता पाण्डेय लगाएतका महिलाहरुले पोषणयुक्त सामाग्री पाएपछि खुशी भएका छन् । वडाका लक्षित समुदायलाई समेटेर बिभिन्न कार्यक्रमहरु संचालन गरी सामाग्रीहरु हस्तान्त्रण गरेकोमा स्थानिय वडावासीले खुशी व्यक्त गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

