Rashtriya Dainik

पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष यादवले नयाँ चमतकार

राजन कुमार बानिया /पर्सा ,१७ फागुन

पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले नयाँ चमतकार गरेका छन।

गाउँपालिका अध्यक्ष यादवको बिशेष पहलमा नेपाल सरकारको जग्गा फिर्ता भएको छ । जगरनाथपुर गाउँपालिका वडा नं ३ बिजबनियामा बर्षौ देखि अतिक्रमणगरी ब्यक्तिको नाउँमा राखिएको जग्गा ३ बिघ्घा १८ कठ्ठा नेपाल सरकारको नाउँमा नामसारी गराउन सफल हुनु भएको छ। केही ब्यक्तिले पर्साको बिश्रामपुर वडा नं ६ निवासी चज्द्रकली देबीको नाउँमा ०४५/१/८ गते र अर्का बिश्रामपुर २ निवासी महेन्द्र साह गोढको नाउमा संयुक्त रुपमा किता नं ६२ को जग्गा खोला नजिक रहको ३ बिघ्घा १८ कठ्ठा जगा अाफ्नो नाउँमा गराईकोले नेपाल सरकारको जग्गा हडपे अतिक्रमण बाट गाउँपालिका अध्यक्ष यादवले धेरै प्रयास गरि नयाँ चमतकार देखाएर नेपाल सरकारको नाउँमा नामसारी गराएका छन।

२०८० भदौ १६ गतेको दर्ता अनुसार बिजबनियामा रहेको जग्गा नेपाल सरकारको नाउँमा दर्ता भएको गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित