नवलपरासी , १७ फागुन ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जारी छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलामा भोजपुरी क्षेत्रका चर्चित गायक तथा अभिनेता राजा भोजपुरियाको प्रस्तुतीमा दर्शक रमेका छन् ।
मेलाको दोस्रो दिन फागुन १७ गते भोजपुरी गायक तथा अभिनेता राजा भोजपुरियाले भोजपुरी, नेपाली र हिन्दी गीतमार्फत आफ्नो बेजोड प्रस्तुती गर्नुभएको थियो ।

राति नौ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा दर्शकहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो । राजा भोजपुरियाको प्रस्तुतीमा दर्शकहरुले हुटिङ र नाचेर साथ दिएका थिए ।
मेलाको तेस्रो दिन भोली फागुन १७ गते भोजपुरी क्षेत्रकै चर्चित गायक प्रमोद जख्मी , दुर्गेश दुलरुवा (नेपाली बाबु) र दिपु मगर सहितका कलाकारहरुको बेजोड प्रस्तुती रहने मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं सांस्कृतिक कार्यक्रम संयोजक राजेश गुप्तले जानकारी दिनुभयो ।

रामग्राम ५ वाईपास रोड नजिकै सञ्चालन भईरहेको मेलाको बुधबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गर्नुभएको थियो । मेलाको दोस्रो दिन आर्थिक कारोबार र दर्शकको उपस्थिति सन्तोषजनक रहेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो ।

फागुन ३० गतेसम्म सञ्चालन हुने यस मेलामा दैनिक नेपाली तथा भोजपुरि क्षेत्रका ख्याति प्राप्त कलाकारबाट सांस्कृतिक प्रस्तुती राति नौ बजेसम्म रहने आयोजकले जनाएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

