Rashtriya Dainik

हिन्दु र इस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहर मदारबाबा मेलालाई शुभारम्भ

आरपि उपाध्याय / नवलपरासी ,१७ फाल्गुन

हिन्दु र इस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा लाग्ने मदारबाबा मेलालाई एक कार्यक्रममा बिच विहीबार शुभारम्भ गरिएको छ।

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ को प्रसैयामा आयोजित एक कार्यक्रमका बिच संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले इस्लाम धर्मको विधि र परम्परा अनुसार मेला उद्घाटन गर्नुभएको हो।


सो अवसरमा राज्यमन्त्री सिर्पालीले नेपालको संविधानमा सबै धर्मलाई समान रुपमा सम्मान गरेको हुँदा सामाजिक सदभाव अनुसार धार्मिक क्रियाकलाप हुँदै आएको बताउदै राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्व बोकेको मदारबाबा मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न वृहत गुरुयोजना अनुसार नै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।
गण्डकी प्रदेशको भारत सङ्ग जोडिएको त्रिवेणी क्षेत्र नजिक लाग्ने मदारबाबा मेलालाई विधि र प्रक्रिया अनुसार आउदो बजेटमा सम्बोधन गर्ने पनि मन्त्री सिर्पालीले जिकिर गर्नुभयो।
मेला उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले मदारबाबा मेलाबाट नेपाल भारत बिचको सामाजिक र धार्मिक सदभाव बलियो हुने धारणा राख्नुभयो।
सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाह, स्थानीय सञ्चारकर्मी आर.पि.उपाध्याय लगायतले मेलालाई आर्थिक अनुशासनको परिधिभित्र राखेर पारदर्शिता र जवाफ देहिताका साथ अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको थियो।
श्री मदारबाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ का अध्यक्ष एकबाल अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा मदार स्थानका अद्दी नसिन पिठाधिस मौलाना हनीफ अन्सारी, सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख स्थानीय जनप्रतिनिधि र स्थानीय बासीहरुको उपस्थिति रहेकोे थियो।
करिब ५ सय वर्ष पुरानो धार्मिक इतिहास रहेको मदारबाबा मेला हाल सुस्ता गाउँपालिकाको महलबारीबाट प्रारम्भ भइ विनयी त्रिवेणी ६ प्रसैया हुँदै मदार डाडा पारी मदार स्थान अन्तिम गन्तव्य रहेको संस्थाका संस्थापक अध्यक्ष जमालोदिन अन्सारीले जानकारी दिनुभएको छ।
ठाडो उकालो पहाड करिब ६ किलोमिटरको दुरी पार गरि मदार स्थानमा लाग्ने मेला दुर्गम र कठिन भएपनी धार्मिक आस्थाकै कारण तिर्थालुहरु गन्तव्यमा पुग्ने गरेको पनि जानकारीमा आएको छ।


मदारबाबा मेलामा शान्ती,सुरक्षालाई भरपर्दो र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानका गरि १५० को सङ्ख्यामा सुरक्षा जनशक्ति परिचालन गरिएको नवलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो।
मदारबाबा मेला फागुन १७ गतेदेखि प्रारम्भ भइ फागुन २६ गतेसम्म सञ्चालन रहने आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित