Rashtriya Dainik

सरावलकाे अत्रहटी यहि फाल्गुन २४ गतेदेखि ५० औं महाशिवरात्री मेला स्वर्ण महोत्सव हुने

उमेश बि.क / नवलपरासी ,१७ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको वडा नं २ अत्रहाटीमा यहि फाल्गुन २४ गतेदेखि ५० औं महाशिवरात्री मेला स्वर्ण महोत्सव हुने भएको छ।

सरावल गाउँपालिका २ अत्रहाटीमा अवस्थित रहेको ढेड सय बर्ष पुरानो शिव मन्दिर स्वर्ण जयन्ती महोत्सव बिबिध कार्यक्रम गरी मनाउने लागिएको हो ।

शिव मन्दिर परिसरमा मेला व्यवस्थापन समितीका अध्यक्ष देवनन्द चौधरीले पत्रकार सम्मेलनकाे आयोजना गरी स्वर्ण महोत्सव तथा महाशिवरात्री मेला यही फागुन २४ देखी २७ गतेसम्म बिभिन्न साँस्कृती तथा खेलकुद गरी मनाउने जानकारी गराउनु भएको हाे।

महाशिवरात्रीको दिन यस क्षेत्रको ठूलो मेला लाग्ने गरेको भन्दै यस मन्दिर थप संरक्षण प्रबर्दन गर्न र यस मन्दिर मन्दिर आगडी रहेको ऐतिहासिक पोखरी प्रचारप्रसारको निम्ती अगाडी बढाउने तथा यही उदेश्यले चार दिन मेला लागाउने लागिएको बताउनुभयो ।

त्यस्तै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले मन्दिर संरक्षण र पोखरीको साैन्दरिकरणका लागि र मेला आयोजनाको लागि ३ लाख पालिकाले बजेट बिनियोजन गरेको बताउनुभयो ।

यस मन्दिर भित्र रहेको धोनी चलिरहेको धोनी अझै व्यवस्थापन गर्न वडान ९ लाख बजेट बिनियोजन गरेको र यसमा अपुग रकम पालिकाले दिने अध्यक्ष चौधरीले बताउनुभयो ।वहाँले पालिकाले भौतीक पूर्वाधार निमार्ण सगै सरावलको भौगोलि सम्पदा भाषा कला सांस्कृतिक जार्गेना उदेश्यस्वर्ण महोत्सव तथा महाशिवरात्री मेला व्यवस्थापन समितीले बिभिन्न मेला महोत्सव लगाउदै आएको जानकारी दिनुभएको हाे ।


त्यस्तै सरावल २ का वडाअध्यक्ष शम्भु प्रसाद चौधरीले शिव मन्दिर १९३७ निमार्ण गरिएको र महाशिवरात्री दिनमा मन्दिरमा २०१९ साल देखी मेलाको आयोजना गरिदै आएको यस नवलपरासी जिल्लाको महाशिवरात्री ठूलो मेला लाग्दै आएको बताउनुभयो । वडाले मेला आयोजना तथा स्वर्ण जन्यती महोत्सव गर्न लागि एक लाख पचास हजार बिनियोजन गरेको बताउनुभयो ।

त्यस्तै मेलाको मुख्या आकर्षण रुपमा भलिबल र कबडी प्रतियोगिता स्थानिय कला साँस्कृति थारु झम्टा नाचा रहने समाजसेवी प्रकाश भट्ठराईले बताउनुभयो ।

मन्दिरमा बिभिन्न समयमा योगदान पुयाएको व्यक्तिहरुलाई सम्ममान गर्ने कार्यक्रममा रहेको स्वर्ण महोत्सव तथा महाशिवरात्री मेला व्यवस्थापन समितीका सचिब दामोदर देवकोटाले जानकारी दिनुभएको हाे ।

मन्दिर र ऐतिहासिक पोखरी ईतिहास बताउदै राधेश्याम चौधरीले एक साल यस क्षेत्रमा सुख्खा परेको थियो सलको बिउहरु ल्याई भकारीमा ल्याएर राखेका थिए गाउँले त्यसलाई उम्मलेर खाने गरेको अवस्था थियो ।

त्यही अवस्था हेरी अत्रहाटी गाउँका जिम्मेदार चन्द्रशेष राय थिए । सुख्खा परेको बेला अफनो गाउँका आछमीहरुले भोकबाट मार्न नदिने उदेश्यले उक्त आछामीहरुलाई यहाँ आई पोखरी खान ज्याला दिन्छु भन्दै यहाँ ठूलो पोखरी निमार्ण गरिएको त्यही शिव मन्दिर निमार्ण गरिएको जानकारी दिनुभयो । महशिवरात्रीमा शिव कथा बचन र मुन्डक हुने गरेको र महाशिवरात्रीमा ठूलो मेला लाग्ने गरेको छ ।

भलिबल प्रतियोतिामा प्रथम हुने ३० हजार द्धितीय २० हजार तीतृय हुने १५ हजार र सनत्वाना हुने ५ हजार तथा कवडी प्रतियोगितामा प्रथम हुने क्रमश २५ हजार १५ हजार १० हजार र सनत्वाना ५ हजार पुरस्कार तथा मेडेल प्रमाणपत्र बितरण गरिने वडा अध्यक्ष चाैधरीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित