राष्ट्रिय दैनिक / नवलपरासी ,१७ फाल्गुन
पश्चिम नवलपरासीको परासीमा जारी छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलामा आज बिहीबार चर्चित ख्याती प्राप्त भोजपुरी गायक राजा भोजपुरिया लगायतका कलाकार आउने भएका छन ।
परासीस्थित रामग्राम -५ वाईपास रोडमामा जारी छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाकाे दाेस्राे दिनमा भोजपुरी गायक राजा भोजपुरीया,दिपु मगर लगाएत थुप्रै कलाकार आफ्नो प्रस्तुतिका लागि आउने नारायणी फेयर एक्जिवेसन नेपाल चितवनकाे ब्यवस्थाक बिद्यार्थी शाहले जानकारी दिनुभएको छ।
राष्ट्रिय कलाकार सहित स्थानीय भेष भुषा झल्किने सांस्कृतिक प्रस्तुति पनि रहने ब्यवस्थाक शाहले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

