Rashtriya Dainik

दुग्ध किसानका समस्या समाधानका लागी अर्थमन्त्रीलाई ज्ञापनपत्र

नवलपरासी ,१७ फाल्गुन

आन्दोलनरत पश्चिम् नवलपरासीका दुग्ध उत्पादक कृषक हरुको समस्या र मागका बिषयमा बर्दघाट नगरपालिकाले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय दुधको बजारीकरण र नियमित भुक्तानिमा समस्या देखिएपछि किसानहरु आन्दोलित भएका छन ।परिश्रमको बजारिकरण मात्रै नभएर नियमित भुक्तानीमा समेत कठिनाई हुन थालेपछि किसानहरुले बिरोध स्वरुप विभिन्न माग राख्दै सडकमै दूध पोखेर बिरोध जनाएका छन ।

पश्चिम् नवलपरासी आउनु भएका अर्थमन्त्री डा.महतलाई बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दुग्ध उत्पादक कृषकका माग र समस्यामा बिषयमा ज्ञापन पत्र बुझाउनु भएको हो ।

ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महतले सरकार मातहत रहेका सस्थानहरुलाई ॠ ण लगानी गरेर किसानको भुक्तानीका लागि प्रक्रिया अघि बढाईने बताउनु भयो ।निजि डेरी तथा खरिद कर्ताहरुबाट समेत बजारिकरण र भुक्तानीको बाताबरण तयार गर्नका लागि सराकार लागि परेको उहाँको दावी थियो ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दुधमा नगरपालिकाले किसानलाई प्रतिलिटर अनुदान दिएपनी सबै दूध नगरमै खपत हुने अवस्था नहुँदा प्रदेश र संघमा समस्या समाधानका लागि पहल गरिएको उल्लेख गर्नु भयो ।”हामी दुग्ध उत्पादन किसानको समस्यामा गम्भीर छौ,प्रदेशलाई पनि पत्राचार गरेका छौ,अर्थमन्त्री ज्युलाई भेटेरै सबै कुरा भनेका छौ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

दुग्ध डेरी तथा सहकारीहरुले दूध नबिकेको भन्दै कृम काटेर दूध फर्काउने अवस्था रहेको छ ।पटक पटक बजारीकरण र भुक्तानीको समस्या भोगिरहेका यहाँका दुग्ध उत्पादक किसान बिस्थापित हुने अवस्थामा छन ।भने अर्का तिर दुधमा बिचौलियाका कारण किसान थप मर्कामा पर्ने गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित