कपिलवस्तु, १६ फागुन ।
कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिको अध्यक्षमा गंगेशनाथ तिवारी विजयी भएका छन् । साझेदारी बनकाे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । १ सय ५४ मतदाता रहेकाे निर्वाचनमा १ सय ५१ मत खसेकाे थियोे ।
बुुधबार कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिकाे लागि भएकाे निर्वाचनबाट तिवारीले १ सय २ मत प्राप्त गर्दै साझेदारी बनकाे अध्यक्षमा विजयी भएका छन् । उनकाे निकट प्रतिद्वन्द्वी राम कुमार यादवले ४१ मत मात्र ल्याएका छन् ।
यस्तै हसमत अलि धुनियाले २ मत मात्र प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदमा मिना कुमारी कुर्मी निर्वाचित भएकी छन् । उनले ९७ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजय हासिल गरेकी छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी ज्ञानमति कुर्मीले ४७ मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

