Rashtriya Dainik

लोहराैलिमा श्री श्री १०८ श्री रुद्र महायज्ञ सुरु

ज्ञानेश्वर सहानी /नवलपरासी ,फाल्गुन १६

पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँपालिका वडा नम्बर ०४ लोहराैलिमा श्री श्री १०८ श्री रुद्र महायज्ञ सुरु भएको छ ।

श्री श्री १०८ श्री रुद्र महायज्ञ सुरु महायज्ञको उदघाटन पल्हिनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले विधिपुर्वक हुने पुजापाठ तथा महायज्ञले समाजमा शान्ती ल्याउनुका साथै साकारात्मक उर्जा प्रदान गर्ने बताए ।

अहिले सरकारले देशलाई समृद्ध बनाउन विषेश नारा दिई रहेको बेला समाजमा शान्ती लागी महायज्ञले समाज तथा देशमै सकारात्मक उर्जा प्रदान गर्ने बताउनु भयो ।श्री शिव पार्वती सिद्धधाम लोहराैलीको आयोजनामा बुधबार देखी शुरु भएको महायज्ञ १० दिन सम्म चल्ने छ । महायज्ञको बुधबार पहिलो दिन कलश यात्रा निकालिएको मुल आयोजक समितीका अध्यक्ष बेचई पटेलले जानकारी दिनु भयो ।

दस दिन सम्म चल्ने महायज्ञमा भारत बाट प्रवचन गुरु त्रिलोकि दासले प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । उदघाटन कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष बैजु गुप्ता लगाएत स्थानीय वासीको उल्लेखनिय सहभागीता रहेको छ ।

नेपालको मध्य तराई भू-भाग लुम्बिनी प्रदेश नवलपरासी पश्चिम जिल्ला पाल्हीनन्दन गाउँपालिका वार्ड नं. ४,लोहरौलीमा एक प्राचीन कालको ऐतिहासिक शिव पार्वती मन्दिर छ । यो शिव पार्वती मन्दिर नवलपरासी पश्चिमको सदरमुकाम परासी देखि लगभग ६ कि.मी. दक्षिण तर्फ तथा रामग्राम स्तुप देखि दक्षिण पश्चिम कुनामा लगभग २ किमी टाढा रहेको छ । पाल्हीनन्दन गा. पा. वार्ड नं. ४,लोहरौली भन्ने गाउँमा रहेको सो प्राचीन शिव पार्वती मन्दिर कहिले बनेको हो,कसले बनाएको हो भन्ने कुराको प्रमाण वा मौखिक रूपमा कसैले पत्ता लगाउन सकेको छैन ।

पाल्हीनन्दन गाउँपालिका वार्ड नं. ४, लोहरौलीमा रहेको प्राचीन शिवपार्वती मन्दिर जिल्ला प्रशासन कार्यालय परासी नवलपरासीमा ” श्री शिव पार्वती सिद्धधाम संरक्षण संस्था” को नामले दर्ता छ। श्री शिवपार्वती मन्दिर जमीनको सतहबाट लगभग (सात) फिट उचाईमा पिपलको विशाल रूखको जरा भित्र हुन् आफै प्रकट हुनु भएको शिव पार्वती परापूर्वकाल देखि सबैले हेर्दै आएका छन तर पिपलको जराले एक इन्च पनि ढाक्न सकेको छैन। त्यस्तो ठूलो विशाल डरलाग्दो पिपलको जरामा प्रकट हुनु भएको भगवान शिवजी र माता पार्वती जी को दर्शनार्थ भारत समेतबाट भक्तजन एवं श्रद्धालुहरू यस शिवपार्वती मन्दिरमा आउने गर्दछन ।

यो नवलपरासी जिल्लामा अवस्थित यस श्री शिव पविती मन्दिर को प्रचारप्रसारको कमीले यस्तो दुर्लभ मन्दिरको बारेमा जानकारी हुन सकेको छैन। यो मन्दिरको विषयमा जति लेखे पनि अधुरो नै हुन्छ या मन्दिरको पूर्वपट्टि एउटा ५ बिघामा फैलिएको पोखरी (ताल) छ । यस पोखरीको पश्चिम डिलमा शिवपार्वती र पोखरीको दक्षिण तर्फ डिलमा श्री जनता माध्यमिक विद्यालय रहेको छ। यस पोखरीको डीलमा रहेका सामुदायिक माध्यमिक विद्यालय यस क्षेत्रकै पुरानो वि.स. १०१५ सालमा स्थापना भएको विद्यालय हो । यस पोखरीको उत्तर पूर्व कुनामा चार तल्ले इन्जिनियरिङ्ग कलेज निर्माण भइरहेको अवस्थामा छ। यस्तै मन्दिरको दक्षिण तर्फ मूल गेटको पूर्व प्रदेश र स्थानीय तहको बजेटबाट विकास निर्माणका कार्यहरू भई रहेको पाल्दीनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक ) ले बताए ।

हाल पाल्हीनन्दन गाउँपालिका वार्ड नं. ४ लोहरौलीमा अवस्थित यो प्राचीन शिव पार्वती मन्दिरको विकास र प्रचारप्रसारमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार एवं अन्य सम्बन्धित पक्षहरूको ध्यान आकर्षित हुन जरुरी देखिन्छ ।

यो ऐतिहासिक एवं प्राचिन मन्दिरमा हाम्रो आस्था र विश्वास को साथै हाम्रो सनातन धर्मको परम्परा जोडिएको र मन्दिरमा हरेक महाशिवरात्री पर्वमा ३ तिन दिनसम्म भीडभाडका साथ पूजापाठ र मेला लाग्ने गरेको पुराजी बताउँछन्। साथै प्रत्येक वर्ष श्रावण महिनाभरी विशेष गरेर प्रत्येक सोमवारको दिन पूजापाठ श्रद्धालुहरूको भीड यस्तै अन्य सांस्कृतिक कार्यक्रमको साथै मेला पनि लाग्ने गरेको छ।

अखण्ड,बहुभाषिक,बहुधार्मिक सहिसुणता एवं प्राकृतिक सम्पदाले सिंगारिएको यस भुपरिवेष्ठित देशमा अनेकौ प्रकारका मठमन्दिर,पाटी पौवाको साथ-साथै अनेक भाषाभाषी र विभिन्न धर्मावलम्बीहरूले भरीपूर्ण छ। हाम्रो देश नेपालमा प्राचीन ऐतिहासिक मठ मन्दिरहरू धेरै छन तर केही मठ मन्दिरहरु को प्रचार प्रसार एवं व्यवस्थापन को कमीले हालसम्म आफ्नो पहिचान बनाउन सकेको छैन । त्यस्तै नेपाल सरकार पर्यटन बोर्डको पनि यस्ता धेरै पर्टकिय स्थल हरुमा ध्यान पुगेको छैन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित