आरपि उपाध्याय / नवलपरासी ,१६ फाल्गुन
विनयी त्रिवेणी गाउँपालिका त्रिवेणी सुस्ता स्वास्थ्य चौकी नवलपुरको आयोजनामा दादुरा खोप अभियान अन्तर्गत वडा स्तरीय खोप समन्वय समितीको अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
विनयी त्रिवेणी ७ का वडाध्यक्ष उमेश कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाहले खोप अभियानलाई सफल बनाएर बालबालिकालाई निरोगी बनाउन सम्पुर्ण सरोकारवाला निकायको परम कर्तव्य रहने धारणा राख्नुभएको थियो।
त्रिवेणी सुस्ता स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले दादुरा/रुबेला खोप अभियान सम्बन्धि कार्यक्रमलाई सहजीकरण गर्दै आउदो फागुन २० गतेदेखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जानकारी गराउनु भएको थियो।
खोप अभियानमा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो।

अभिमुखिकरण कार्यक्रममा विनयी त्रिवेणी ६ र ७ का जनप्रतिनिधि, विद्यालयका प्र.अ.,स्थानीय क्लबका प्रमुख र संघसंस्थाका अध्यक्ष तथा स्थानीय सञ्चारकर्मीको पनि उपस्थिति रहेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

