काठमाडौं । ओप्सना फिल्म प्रा.लि.को आयोजनामा राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ प्रथम संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । उक्त फिल्म प्रा.लि. ले पाँच बर्ष भित्रमा बजारमा आएका आएका गीत संगीतलाई यस अवार्डमा सहभागी गराउन सकिने जनाएको छ ।
त्यस्तै गीत संगीतको अडियो र भिडियोतर्फका विभिन्न विधालाई समावेश गरी यस अवार्डमा राष्ट्रिय भावको पप गीत, गजल, आधुनिक, लोकदोहोरी, भाषाभाषी गीत र चलचित्रका गीतहरुलाई समावेश गरिनेछ । गीत संगीतमा लागेका स्रष्टा सर्जक प्रस्तोता निर्देशक कलाकार छायांकन सम्पादक लगायतलाई अवार्ड तथा सम्मान प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष ओम प्रकाश राईले जानकारी गराउनुभएको छ ।
यस अवार्डमा सहभागी हुनको लागि कलाकारले आफ्नो गीतलाई कार्यालय वा अनलाइन मार्फत् उपलब्ध गराउनु पर्नेछ । राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४ युवा प्रतिभा सम्मान पत्रकारिता सम्मान, बालप्रतिभा सम्मान डायस्पोरा सम्मान समेत प्रदान गरिनेछ ।
थप जानकारीकालागी तपाईँले काठमाडौंको बुद्धनगरमा रहेको ओप्सना फिल्म प्रा.लिमा सम्पर्क गर्न सक्नु हुनेछ भने ओप्सना फिल्म प्रा.लिको फेसबुक पेजमा पनि सम्पर्क गर्न सक्नु हुनेछ । साथै मोबाइल फोनबाट सम्पर्क गर्नेहरुले ९८५१०६६०९२-९८४००५३०७६ र ९८१९०४५५५७ मा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

