राष्ट्रिय दैनिक / नवलपरासी , १६ फाल्गुन
अर्थमन्त्री प्रकाशशरण महतले अहिले अर्थतन्त्र खतरामुक्त रहेको बताउनु भएको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला-२०८० उद्घाटन गर्दै महतले यस्तो बताउनुभएको हाे ।

वहाँले बैंकको ब्याजदर एक अकंमा झर्ने बताउनुभएको छ। अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै नै कमजोर हालतमा रहेको र १७/१८ प्रतिशतको ब्याजदर अहिले ११ प्रतिशतको हाराहारीमा रहेको बताउनुभयो । अब केही समयमा नै ब्याजदर एक अकंमा झर्ने बताउनुभयो ।’

महेशपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै वहाँले राजस्व वृद्धिका लागि क्वारेन्टाइन, सडक पूर्वाधार विकासका लागि आगामी बजेटमा समावेश गरिने आश्वासन दिनुभयो थियोे ।
राजस्व संकलन, विदेशी पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्री महतले आग्रह गर्नुभयो ।

पश्चिम नवलपरासीको सदरमुकाम परासी वाईपास रोडमा आज एक कार्यक्रम बिच उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्ष ओमप्रकाश अग्रहरीकाे अध्यक्षता तथा संघीय सरकारका अर्थमन्त्री प्रकाशरण महतकाे प्रमुख आतिथ्यतामा मेला उद्घाटन भएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

