Rashtriya Dainik

जगरनाथपुर गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

राजन कुमार बानिया / पर्सा ,१५ फागुन

जगरनाथपुर गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता -२०८० को कार्यक्रम अाज सम्पन्न भएको छ। दोस्रो रास्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा प्रथम श्री नेरा माबी मसिहानी कुल २७ पदक लिएको थियो ।

दोस्रो श्रीनेरामाबी जगरनाथपुर २३ पदक लिएको थियो।तेस्रो श्री नेरामाबी सन्ठीले २० पदक लिएको थियो। यसमा रास्ट्रिय खेल कबडी ,दौड, हाईम्प लंमजम्प लगायतको खेलमा २७ वटा बिधालयका छात्र,छात्राहरुले भाग लिएको थियोे । तयसतै सबै भन्दा बढि पदक नेरा प्राबी बिजबनियाका जरिना खातुनले पदक हासिल गरेका थिए।

बिजेता खेलाडी हरुलाई प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले मेडल र सिल्ड बितरण गर्दै भने रास्ट्रको लागि खेलकुद र स्वास्थ्य को लागि खेलकुद रहेको बताए ।
प्रमुख अतिथि यादवले भने खेलकुद शरिरको लागि शारीरिक व्याम भएकोले खेलकुद स्वास्थ्यको लागि एक किसिमको औषधि नै हो साथै खेलकुद बाट मस्तिष्कको बिकास हुन्छ। उमेर अनुसारको प्रत्येक व्यक्तिलाइ खेलकुद आवश्यक हुन्छ किन भने खेलकुदले शरिर स्वस्थ्य रहनुको साथै जिवमा फुर्तिलो हुने बताए। बिधालय हरुमा शिक्षाको साथै खेलकुदको पनि जरुरी रहेको बताए ।

साथै गाउँपालिकामा रहेकोका बिधालयमा धेरैनै सुधार भएको दाबी गरे।गाउँपालिकामा केही प्राबि हरुलाई निमाबीमा प्रनित गरिएको छ भने केही निमाबी लाई माबीमा प्रनित गरिएको हो।समय समयमा शिक्षक नियुक्त गरिएको छ। शिक्षकहरुले ईमानदारी पुर्वक काम गर्न अाग्रह समेत गरे । शिक्षक हरुलाई जुनबेला पनि अाफु सहयोग गर्न त्यार रहेको बताए । केही शिक्षक हरुले अटेर गरिरहेका छन अटेर गर्ने शिक्षक हरु को पहिचान भईसकेको र छिटै सधार गर्ने बताए । बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष बबिता सिंहले भनिन यस्ता खेलकुदमा बिधालय बिधार्थीहरु निकै नै उत्साह देखिएको शिक्षा साथै खेलकुद पनि जरुरी रहेको बताईन। अाउने दिनमा बिभिन किसिम का खेलकुद का योजना राखि सहयोग गर्ने बताईन। दोस्रो रास्ट्रपति रौंनिग सिल्ड खेलकुद प्रतियोगिता वडा अध्यक्ष बिहारी प्रसाद नुनियाको अध्यक्ष्ातामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत कृष्ण नन्दन राय ,लेखापाल सन्देश कुशवाहा ,वडाअध्यक्ष सुबास प्रसाद,प्रभु महतो,शिक्षा शाखा प्रमुख असोक सिंह ,प्रअ धुरेन्द्र प्रसाद कुर्मी,प्रअ बादसाह रौनियार,प्रअ रामादेश चौहान,प्रअ मुनिलाल चौहान , नरेश प्रसाद यादव, लालदेव प्रसाद,रुपलाल साह,सम्पुर्ण बिधालयको प्र.अ,वडा सदस्यहरु बिधार्थी हरुको सहभागिता रहेको थियो। कार्यक्रममा बिधालयका छात्राहरु सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।कार्यक्रममा दुई जना पत्रकार लालबाबु बानिया,र बलिराम यादवलाई मायाको चिनो दिएर सम्मान गरेको थियो। त्यसतै बिधालायहरुलाई प्रमाणपत्रर मायाको चिनो लिएर सम्मान गरेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित