कपिलवस्तु , १५ फागुन
नेपाल प्रहरी अस्पताल महाराजगंज तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेको आयोजना र जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सो अवसरमा बहालवाला प्रहरी कर्मचारी तथा पुर्व प्रहरी कर्मचारीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
प्रहरी कर्मचारीहरुको बिभिन्न रोगहरुको पहिचान गर्नका लागि नि–शुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनु भयो ।

शिविरमा वहालवाला १ सय १५ जना प्रहरी कर्मचारी र भुपु ३ जना प्रहरी कर्मचारी गरि जम्मा १ सय १८ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराई सेवा लिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनु भयो ।

उक्त कार्यक्रम कपिलवस्तु नगरपालिका २ स्थित जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्राङगणमा फागुन १४ गते सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

