काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन् । आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र दार्चुला घर भएकी २० वर्षीया प्रमिला धामी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
प्रेम सम्बन्धपछि केही महिना पहिलेमात्रै बिहे गरेकी धामी भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती हुन् । उनी श्रीमानसँगै वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन् ।
घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ ।
माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि लगिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्नुका साथै मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ ।
बिहान ४ बजेतिर मर्निङ्गवाकमा जानेले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
नगर प्रहरीसँग विवाह गरेकी युवती वडा कार्यालयभित्र झुण्डिएको अवस्थामा फेला वडा कार्यालयभित्र युवती मृत फेला, अनुसन्धान गर्दै प्रहरी किशोरी आफ्नै कोठामा मृत भेटिइन, फेसबुकमा लेखेकी थिइन्- “म पनि आउछु”
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

