राष्ट्रिय दैनिक / नवलपरासी ,१५ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षले सामुदायिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न विद्यालयसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरेका छन ।

विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम सञ्चालन गरेका हुन् ।

सो कार्यक्रमको शुभारम्भ सरावल ३ स्थित महेन्द्र मा.विमा गर्दै बालबालिका तथा विद्यालयको समस्या बुझ्ने कार्य गरेका हुन ।
कार्यक्रममा कक्षा ७ ,८,९ र १० गरि कुल ६५ जना बालबालिकाको सहभागिता रहेको थियो । बालबालिकाले विद्यालयकाे समस्या , पालिकाबाट शिक्षा क्षेत्रमा दिगो याेजना लगाएतका जिज्ञासा राखेका थिए । त्यसै गरि विद्यालयमा विषयगत अनुभवी शिक्षक नभएको, स्वच्छ खानेपानीको ब्यवस्था नभएको ,विद्यालय वरिपरि लागु औषध सामान बिक्रीवितरण भएको , विद्यार्थी बिचमै घर जाने , शिक्षकहरु लापरबाही गर्ने गरेको जस्ता समस्या राखेका थिए ।

त्यसैगरि विद्यालयमा प्रयाप्त खेलकुद समाग्रि नभएको र कम्पियुटर कक्षा , ल्याब नभएको गुनासो सुनाएका थिए ।
विद्यार्थीहरुकाे कुरा सुन्दै पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमति हरिजनले सरल तरिकाले जिज्ञासा मेटाउदै आएको प्रश्नको जवाफ दिनुभएको थियो ।
पालिका अध्यक्ष चाैधरीले सरावल गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो । शिक्षाको गुणस्तर वृद्धिका लागि पालिकाले शैक्षिक गतिविधिलाई तीव्रता दिएको छ। शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाले विभिन्न क्रियाकलाप गर्दै आएको बताउनुभयो।

त्यस्तै उपाध्यक्ष हरिजनले जिज्ञासा मेटाउदै आएको प्रश्नको जवाफ दिदै बालबालिकाको मागलाई आफुले अगामी योजना कार्यक्रममा समावेश गरिने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण चाैधरीले यस्तो खालको कार्यक्रम पहिलो पटक विद्यालयमा आउनु खुशीको कुरा भएको बताए ।
त्यस्तै महेन्द्र मा.बि का प्रधानाध्यापक प्रदिप चाैधरीले याे कार्यक्रमबाट विद्यालयमा भएको कमि कम्जोरी सुधारकाे लागि ठुलो टेवा पुगेको बताउनुभयो ।

त्यस्तै शिक्षक इन्द्रबहादुर चाैधरीले विद्यालयका बालबालिकाहरुले आफ्नो नजिकको स्थानिय सरकारका कुरा बुझ्न पाएका छन्, आफ्ना समस्या र विद्यालयको समस्या पनि प्रत्यक्ष राख्न पाएका छन् । यो गाउपालिकाको नमुना कार्यक्रम रहेको छ । यसलाई कुनै न कुनै प्रकारले निरन्तरता दिदै लैजानु पर्छ ।

सो कार्यक्रममा १७ जना छात्र छात्राले आफ्नो जिज्ञासा र प्रश्न राखेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

