रुपन्देही १४ फागुन – मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औं जिल्ला सम्मेलन सोमवार बुटवलमा सम्पन्न भएको छ ।
जिल्ला सम्मेलन उद्घाटन सत्रमा प्रमुख अतिथि अखिल(क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले शैक्षिक ब्यापारीकरण तथा माफियाकरणका बिरुद्ध संर्घष केन्द्रीत गर्न निर्देशन गर्नुभयो । उहाँले मिसन एभ्रीडे अन्तरगत भएका गतिबिधिहरुको चर्चा गर्दै भष्ट्राचार बिरुद्ध संगठनले गरेका कारवाहीहरुलाई जनताको साथ र समर्थन रहेको बताउनुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदीले नयाँ जनवादी हुदैं बैज्ञानिक समाजवादी यात्रामा युवा बिद्यार्थीहरु एकाकार भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार संजिवकुमार, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईन्चार्ज दिपक बिष्ट , अर्का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नवीन खड्का , अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय सहसंयोजक ईश्वर तिमिल्सिनालगायतले शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक श्यामबहादुर बोहोरा, सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज तिलक पुन, केन्द्रीय सदस्यहरु लक्ष्मीकान्त पौडेल , रवि पाण्डेय, निमकला पुन, विनोद मराशिनी नेताहरु राजु भुजेल, बिक्रम नेपाली, महिला नेतृ बिमा भट्टराई अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य सग्राम भिउ थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक मनोज थापाको अध्यक्षता केन्द्रीय सदस्य तथा नवलपरासी संयोजक सन्देश सापकोटा र रविना खातुनको संचालन, दिलिप पुन मगरको स्वागतमा भएको थियो ।
यसैबीच सम्मेलनले मनोज थापाको अध्यक्षतामा २७ सदस्सीय जिल्ला समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको प्रदेश ईन्चार्ज बिस्टले जानकारी गराए । सम्मेलनले आगामी निति तथा कार्यक्रम समेत पास गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

