काठमाण्डौ । भजनशिरोमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज निधन भएको छ । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो ।
आचार्य विगत केही समयदेखि बिरामी हुनुहुन्थ्यो । आचार्यलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । उहाँको शव भोलि बिहान अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।
आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ जस्ता गीतहरू गाउनुभएको छ । साथै उहाँले थुप्रै भजन, राष्ट्रिय गीत पनि गाउनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

