काठमाडौं : भारतीय गजल गायक पंकज उदासको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो।
गायक उदासलाई १० दिनअघि मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। उनलाई आज ११ बजे मृत घोषणा गरिएको उनका म्यानेजर वैभव पट्टेलले जानकारी दिए।
संजय दत्त अभिनित ‘नाम’ फिल्मबाट उनी ‘चिठी आई है’बाट पर्दामा आएका थिए। पंकज उदासले ‘अधुरो लाग्यो अपुरो लाग्यो’ नेपाली गीत गाएका थिए। सम्भुजीत बास्कोटाले संगीत गरेको उक्त गीतमा पंकज उदास कविता कृष्णमूर्तिको स्वर दिएका थिए।
गायक उदासलाई सन् २००६ मा भारतको प्रतिष्ठित पद्मश्री अवार्डबाट सम्मान गरिएको थियो। गुजरातमा जन्मिएका उनी तीन भाइमध्ये कान्छो थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

