Rashtriya Dainik

जाजरकोटका भुकम्प पिडितलाई सहयाेग

काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको टोली तथा अमर क्षेत्री फाउण्डेशन सहयोगार्थ जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ ।

गत फागुन ८ गते मंगलबार  जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १० बिजुलीको सुविधाबाट बञ्चित रग्दाका स्थानीय भुकम्प पिडितलाई राहत वितरण गरेको हो ।
कलाकार अशेष डंगोलको टोली (पत्रकार रिदेन महर्जन, देवी राना, नितेश ढकाल) ले जाजरकोटको नलगाड नगरपालिका भुकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर वडा नं. १० रग्दाका स्थानीय बासिन्दालाई  ओढ्ने सिरक  करिब ६० घरधुरी (३ सय भन्दा बढि व्यक्ति) लाइ  तथा १६ जना सुत्केरी महिलाहरु खास्टो वितरण लगायत आर्थिक अवस्था न्यून भएका परिवारलाई छानेर खाद्यान्न तथा आर्थिक सहयोग प्रदान समेत प्रदान गरिएको थियो ।

सो राहत वितरण कार्यक्रममा रग्दा जस्तो विकट स्थानमा इतिहासमै पहिलो पटक कलाकार अशेष डंगोलले गितार र स्थानीय कलाकार राम बहादुर नेपालीले नगडामा अशेष डंगोलले रचिएको नयाँ गीत प्रस्तुत गरिएका थिए ।  तथा मादलमा अशोक रावतले साथ दिएर बेजोड शैलीको सांगितिक धुन प्रस्तुत गरिएको थियो ।

सोही क्षेत्रको भुकम्पले जिर्ण अवस्थामा रहेकाे श्री जन एकता प्राथमिक विद्यालयको प्रगति तथा विध्यालयमा अध्ययनरत  स(साना बालबालिकाको उज्वल भविष्यको कामना गरी सय जना विद्यार्थीहरुलाई पुग्ने  स्टेशनरी सामग्री प्रदान गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित