आरपि उपाध्याय / नवलपरासी ,१४ फाल्गुन
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ६ (नवलपुर) को कृयाशिल सदस्य दुर्गा बहादुर गुरुङ्गको निधन भएको ९ औं पुण्य तिथिको दिन श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
कृयाशिल सदस्य गुरुङ्गको फागुन ५ गतेका दिन उपचारको क्रममा निधन भएकोमा उहाँको निवास केउलानीमा श्रद्धाञ्जली सभाको आयोजन गरि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
विनयी त्रिवेणी ६ का वडा कार्य समितीका सभापति वीर बहादुर ठकुरीको अध्यक्षतामा श्रद्धाञ्जली समारोह सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका नेपाली काङ्ग्रेस महासमिति सदस्य गणेशमान श्रेष्ठले स्वर्गीय गुरुङ्ग पार्टीको निष्ठावान कार्यकर्ता रहनु भएकोले उहाँको निधनबाट नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ६ ले एउटा कुशल कार्यकर्ता गुमाएको जिकिर गर्नुभयो।
श्रद्धाञ्जली समारोहमा आर.पि. उपाध्यायले स्वर्गीय गुरुङ्गको जिवनीमाथी प्रकाश पार्दै उहाँले पार्टी संगठनमा पुर्याएको योगदानलाई उच्च मुल्यांकन गरिने धारणा राख्नुभयो।
श्रद्धाञ्जली समारोहमा नेपाली काङ्ग्रेस नवलपुर जिल्लाका कार्यसमिति सदस्यहरु,विनयी त्रिवेणी गाउँपालिका का पुर्व अध्यक्ष डम्बरबहादुर जि.सी.,क्षेत्रीय सभापती जगत बहादुर कार्की,पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधि, वडा कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

स्वर्गीय दुर्गा बहादुर गुरुङ्ग २०५० सालदेखि नेपाली काङ्ग्रेसको कृयाशिल सदस्य रहनु भएको र पार्टीद्वारा जारी विभिन्न आन्दोलनहरुमा सक्रिय रुपमा सहभागि रहदै आउनुभएको वडा कार्यसमितिका उपसभापति अचल कुमार जोशीले जानकारी दिनुभयो ।
स्वर्गीय गुरुङ्गको २ छोरा,२ छोरी,१ श्रीमती र नातिनातिनाहरु रहेको पारिवारिक स्रोतले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

