Rashtriya Dainik

पर्साको पोखरिया नगरपालिकामा उपमेयर छात्रवृत्ति बितरण

राजन कुमार बानिया /पर्सा ,१३ फागुन

पर्साको पोखरिया नगरपालिकामा उपमेयर छात्रवृत्ति बितरण गरिएको छ।

पोखरिया नगरपालिकाको सभाहलमा भएको उपमेयर छात्रवृत्ति बितरण कार्यक्रम मा १८ जना छात्र छात्राहरुलाई उच्च शिक्षाको लागि बितरण गरिएको छ।

उच्च शिक्षा लिनबाट बन्चित नहोस भन्दै पालिकाले उपमेयर छात्रवृत्ति अभियान अन्तर्गत उत्कृष्ट ईन्जिनियर ,१० कक्षा र पल्सटु गरेका छात्र छात्राहरुलाई छात्रवृत्ति बितरण गरिएको हो।

पालिकामा रहेको माध्यमिक बिधालयहरुमा अध्यापन गरि उच्च शिक्षा लिनबाट बन्चित नहोस भन्दै उत्कृष्ट १८ जना छात्र,छात्राहरुलाई उपमेयर छात्रवृत्ति बितरण गरिएको उपमेयर रुबी ठाकुरले जनाए ।

पोखरिया नगरपालिका मा २५ वटा सामुदायिक बिधालय हरु संचालनमा रहेको र नेपालको संबिधानले सबै नागरिकको पहुच अधारभुत शिक्षा अनिवार्य गरेको तथा शिक्षालाई स्तर उन्नतिको लागि समय समयमा बिभिन किसिमका क्रियाकलापलाई निरन्तरताको साथै सम्पुर्ण जनतामा शिक्षाको पहुचको अवधारणा लिएको साथै यश पालिकामा संचालनमा रहेका माध्यमिक बिधालयहरुमा अध्यापन गरी उच्च शिक्षा प्राप्तिका लागि ईच्छुक बिधार्थहरुको अार्थिक समस्याले गर्दा बिधार्थीहरु उच्च शिक्षा अध्यापनबाट बन्चित हुने गरेकोमा पोखरिया नगरपालिका बाट उपमेयर छात्रवृत्ति कार्यक्रम राखिएको थियो।उक्त कार्यक्रम बाट उच्च शिक्षा अध्यापन गर्नबाट बन्चित बिधार्थीहरुलाई उपमेयर छात्रबृती उपल्बध गराई शिक्षाबाट बन्चित हुन्बाट बचाएर शिक्षित बनाउन र बिधार्थीहरुमा अापसी प्रतिस्पधा समेत हुने अभियान थालनी गरिएको छन।

उपमेयर छात्रवृत्ति बितरण कार्यक्रमको प्रमुख अतिथि रहनु भएकन नगरप्रमुख प्रधुमन प्रसाद चौहानले छात्रवृत्ति बितरण गर्दै भने अब अाउने दिनमा उच्च शिक्षा लिनबाट कुनै पनि छात्र,छात्रहरु बन्चित नहुनदिने बताए । अाउने अार्थिक वर्षमा शिक्षा क्षेत्रमा बिभिन कार्यक्रम ल्याउने प्रतिबद्धता गर्नु भएको थियो।कार्यक्रम उपमेयर रुबी ठाकुरको अध्यक्ष्ातामा भएको उपमेयर छात्रवृत्ति कार्यक्रममा निमित प्रमुख प्रसाशकिय अधिकृत कौशलेन्द्र मिश्रा,शिक्षा प्रमुख बिजय झा,शिक्षक दिपक ठाकुर ,मन्दिप महतो,शिक्षा समिति लगायतको सहभागिता रहेको थियोे

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित