उमेश बि.क / नवलपरासी ,१३ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे स्वास्थ्य शाखाद्वारा दादुरा रूबेला खोप अभियान २०८०/८१ का लागि पालिका स्तरीय खोप समन्वय समितिकाे बैठक तथा अभिमुखिकरण गोष्ठी सम्पन्न भएकाे छ ।

पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षतामा आज बसेकाे बैठक तथा अभिमुखिकरण गोष्ठीमा खाेप अभियान यहि फाल्गुन २१ गते देखि २७ गते सम्म संचालन गरिने जानकारी गराइएकाे थियाे । भने ९ महिना देखि १५ वर्ष सम्मका बालवालिकालाई खाेप लगाइने छ ।

सरावल गाउँपालिका अन्तर्गतका सामुदायिक , धार्मिक तथा निजी विद्यालयका बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको सरावल स्वास्थ शाखा प्रमुख ओम नारायण देवकोटाले बताउनुभयाे ।

३४ वटा खाेप केन्द्र राखि खोप संचालन गरिने जसमा प्रत्येक केन्द्रमा २ जना स्वास्थ्यकर्मी र ३ जना स्वयं सेवक परिचलन गरिने छ । त्यसैगरी अन्तिम दिन थप ७ स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरी खोप कार्यक्रम संचालन गरिने सरावल स्वास्थ्य शाखाले जनाएकाे छ।

उक्त खाेप कार्यक्रम संचालनका लागि पालिका स्वास्थ शाखाले स्वास्थ्यकर्मिहरुलाई अभिमुखिकरण तालिम गराइसकेकाे छ भने पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण, वडास्तरीय खोप समन्वय समितिको अभिमुखिकरण,स्वयंसेवक महिला स्वास्थ्य स्वयं सेविका तथा शिक्षकहरुको लागि अभिमुखिकरण कार्यक्रम संचालन गर्ने जनाएकाे छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

