राजन कुमार बानिया / पर्सा, १२ फागुन
युवा नेता तथा राष्ट्रि्य युवा संघ नेपाल का महाधिवेशन प्रतिनीधि , गाउँपालिका अध्यक्ष समेत रहेको एमाले पार्टी परित्याग गरेका छन । युवा नेता मिरोज समानीले आज समाजिक संजाल मार्फत आफु पार्टी परित्याग गरेको सर्वजनिक गरेका हुन ।
उनले पर्सा जिल्लाका केही नेताहरुले एमालेलाई प्राईभेट लिमिटेड कम्पनी बनाएर पार्टीलाई सिमित गरेको दावी समेत गरेका हुन । उनले स्थानीय नेताहरुले युवालाई काममा मात्र खोज्ने र काम सकेपछी ठोक्कर मार्ने गरेको कारण आफु पार्टी परित्याग गरेको बताए । युवा नेता समानीले भने मैले दुई बर्ष निस्वार्थ भावनाले पार्टी र संगठनको काम गरेको छु, तर नेताहरुले आफनो काम निकालेर हाम्रा काम पर्ने बितिकै सम्पर्क बिहिन्न हुने कार्य गरेका हुन । उनले एमालेमा युवाहरुलाई जिन्दावाद र मुर्दावादको लागी मात्र राखिएको हो भने यस्ता पार्टी भन्दा आफु स्वतन्त्र नै बस्नु ठिक रहेको जिकिर गरे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

