Rashtriya Dainik

पर्साको पोखरिया नगरपालिकामा ७० जना एकल महिलालाई समान

राजन कुमार बानिया /पर्सा ,११ फाल्गुन

पर्साको पोखरिया नगरपालिकामा रहेका ७० जना एकल महिलालाई नगरपालिकाले एक कार्यक्रमको बिच समान गरेको छ।

वडा नम्बर ७ मा रहेको श्री पदम महुबनी मा.बि रानीगंजमा नगरपालिकाको वडा नम्बर १ देखी १० सम रहेका ७० जना एकल महिलालाई नगर पालिकाको नगर स्तरीय उप प्रमुखको बजेटबाट समान गरियको छ ।

समान कार्यक्रममा बोल्दै उपप्रमुख ठाकुरले आफु महिला भय पश्चात महिलाहरुको पीड़ा बुझी महिलाहरुलाई विषेश प्रथमिकता दियको बताएकी हुन ।

समान कार्यक्रम प्रधानाध्यापक संकर प्रसाद रौनियारको अध्यक्षतामा भयको कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख रूबी कुमारी ठाकुर , अतिथि वडा नम्बर ५ को वडा अध्यक्ष महेन्द्र महतो चाई , दिपक ठाकुर, सह सचिव भगवान साह कानू , ललन पटेल शिक्षक तथा समाजसेवी हरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित