पार्वती आचार्य /कपिलवस्तु ,फागुन १२
कपिलवस्तु उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्री सहित नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका हुन । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय उपाध्यक्ष सुरकृष्ण वैद्यले नवनिर्वाचित पदाधिकारीहरुले आग्रह पुर्वाग्रह नराखी सम्पुर्ण उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्नुपर्ने बताउनु भयो ।

आर्थिक मन्दिका कारण पछिल्ला केहि वर्ष यता देश भरका उद्योगी व्यवसायी मर्कामा परेको भन्दै उनीहरुलाई माथि उठाउने गरि संघले काम गर्न आग्रह गर्नुभयो । कपिलवस्तु जिल्ला उद्योग व्यवसायको लागि उपयुक्त रहेको भन्दै यहाँका उद्योगीहरु जागरुक हुने समय आएको बताउनु भयो । केन्द्रिय उपाध्यक्ष वैद्यले उद्योग व्यवसायीहरुका लागि व्यवसाय सम्बन्धि बिभिन्न तालिमहरुको आयोजना गर्नुपर्ने बताए । यसैगरी बैदेशिक रोजगारमा जाने युवाहरुलाई रोक्नका लागि युवा लक्षितका कार्यक्रमहरु र व्यवसायहरु संचालन गर्न आजको आवश्यकता भएको हुँदा युवा र महिलाहरुलाई लक्षित गरेर व्यवसायहरुको क्षेत्रमा वृद्धि गर्नुपर्नेमा जोडदिनु भयो ।
त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले कुनै पनि क्षेत्रको विकासको लागि सरकार र निजि क्षेत्रको सहकार्य गर्न जरुरी रहेको भन्दै कपिलवस्तु उद्योग बाणिज्य संघ सङ्ग स्थानियतह सहकार्य गर्न तत्पर रहेको प्रतिवद्धता जनाउनु भयो । संघले सदस्यहरू तथा साना ठुला उद्योग व्यवसायीहरुको संरक्षण गर्दै अगाढि बढ्नुपर्नेमा जोड दिनभयो ।
सो अवसरमा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख उद्यव राज न्यौपानेले उद्योग वाणिज्य संघ र कर कार्यालय बीचको सम्बन्ध सकारात्मक हुनुपर्नेमा बताउनु भयो । उद्योग स्थापना गर्न अन्य जिल्लामा भन्दा कपिलवस्तुमा धेरै सहज रहेको भन्दै उद्योग स्थापनामा कपिलवस्तुका उद्योगीले चासो देखाउनु पर्ने बताउँदै आन्तरिक राजस्व कार्यालयको पूर्ण साथसहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष डोलकराम घिमिरेले संघको १६ औं साधारण सभा र ८ औं अधिवेसनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना दिदै आफु अध्यक्ष भैरहदा उद्योग व्यवसायीको पक्षमा भरपुर काम गरेको र आगामि दिनमा पनि आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । ३ वर्षे कार्यकालमा आफुहरुले व्यवसायीको पक्षमा रहेर विभिन्न कार्यहरु गरेको भन्दै अबको नेतृत्वले अझ प्रभावकारी ढङ्गबाट काम गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष गुणानिधि तिवारी, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य , केशव भण्डारी, जम्शेर अलिमिया , उज्जवल कसजु , कपिलवस्तु उद्योग बाणिज्यसंघका पूर्व अध्यक्ष देवी प्रसाद पाण्डे , चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे , संघका पूर्वलेखा संयोजक मोहन न्यौपाने , कपिलवस्तु नागरिक समाजका डोलख बहादुर पछाई लगायतले बोल्दै संघमा निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिंदै चुनौती र अवसर दुबै रहेको हुँदा जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सबै पक्षलाई समेटर संस्थालाई बलियो बनाएर लैजान आग्रह गर्दै जिल्लामा उद्योग व्यवसायको लागि प्रशस्त सम्भावना रहेकोले सबै एकजुट भएर काम गर्नुको विकल्प नरहेको वक्ताहरुको भनाई छ ।
शपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्रीले आफुले जिल्लाका उद्योगी व्यवसायीहरुको पक्षमा खटेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । चुनावी प्रतिसप्रधाबाट आफुहरु आएको भएपनि संघ र व्यवसायीलाई माथि उठाउन सबैको उत्तिकै भुमिका रहने भएकाले सबैको साथ र सहकार्यको आवश्यकता रहेको बिश्वास व्यक्त गर्नुभयो ।

महिला उपाध्यक्ष इन्दिरा तिमिल्सिनाको स्वागत मन्तव्य तथा निवर्तमान महासचिव मनोज पौडेल, वर्तमान महासचिव नवदत घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, बिस्नु न्यौपाने , संघका नगर , प्रदेश र केन्द्रिय पदाधिकारीहरु , विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवि , सुरक्षाकर्मी , पत्रकारहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

