नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल(क्रान्तिकारी) नवलपरासीले जिल्लाका सातै पालिका अन्तरगत रहेका शैक्षिक संस्थामा क्रियाशिल संगठनका ईकाईहरुको प्रशिक्षण,विस्तारित बैठक तथा वनभोज कार्यक्रम शनिवार बर्दघाट–२ चिसापानी स्थित बौद्ध बिहारमा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईन्चार्ज दीपक बिष्टले अत्याचार सहने र अन्यायलाई टुलटुल हेरेर बस्ने अखिल (क्रान्तिकारी)को सदस्य हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
उहाँले स्थानीय तहहरुमा भएका भष्ट्रचार कमिशनखोरीको भण्डाफोर गर्दै शैक्षिक बिकृति बिसंगति तथा माफियाकरणका बिरुद्ध जाईलाग्न निर्देशन गर्नुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले युवा तथा बिद्यार्थीहरुको गतिशिलताले आन्दोलनलाई नयाँ उचाईमा लैजाने विश्वास ब्यक्त गर्दै अन्य संगठन भन्दा भिन्न र अनुशासित संगठन अखिल (क्रान्तिकारी) रहेको चर्चा गर्नुभयो । उहाँले पार्टीले ल्याएको नीति कार्यक्रम र कार्यदिशालाई जनतामा लैजान समेत बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले दलाल संसदीय सत्ता र ब्यवस्थाले युवा बिद्यार्थीहरुलाई न्याय गर्न नसकेको बताउदै हरेक क्षेत्रको समस्यासंग जुधेर अगाडि बढ्न तम्तयार हुनुपर्नेमा जोड दिनुभयो । उमेरका हिसावले मात्र नभई सबै हिसाबले युवा बिद्यार्थीहरु अरु उमेर समुह भन्दा भिन्न र कम रुढीवादी हुने चर्चा गर्दै उहाँले अन्याय अत्याचारका बिरुद्ध ईस्पात भएर उभिन निर्देशन दिनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक गणेशबहादुर ढकाल, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ल संयोजक बोल्गा नेपाल, अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय सदस्य ज्ञान बहादुर केसी, क्रान्तिकारी महिला संगठनकी जिल्ला संयोजक मुक्तमाया महत्तोलगायतको आतिथ्यता रहेको थियो ।

सो अवसरमा कार्यक्रमका अध्यक्ष समेत रहनुभएका अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले संगठनले गरेका संर्घषका गतिबिधि माथि प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा युवराज ढकालले सकारात्मक सोच र नेतृत्वको विकास बारे बिद्यार्थी नेताहरुलाई सहजीकरण गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

