Rashtriya Dainik

प्रतिबन्धित बोइलर कुखुरा सहित अवैध सामग्री बरामद

आरपि उपाध्याय / नवलपरासी ,१२ फाल्गुन

सशस्त्र प्रहरी बल नेपाल २६ न. गण पश्चिम नवलपरासीले नेपालमा प्रतिबन्धित बोइलर कुखुरा सहित अवैध सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल २६ न. गण र मातहतका युनिटहरुबाट प्रतिबन्धित बोइलर कुखुरा ४८० केजी बरामद गरि नष्ट पारिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभएको छ।
बरामद गरिएको बोइलर कुखुरालाई पशु कोरेन्टाइन चेकपोस्ट महेशपुरका डा. मनोज अधिकारी र सञ्चारकर्मीको रोहवरमा नष्ट पारिएको गणपति, वाग्लेले बताउनु भएको हो।
त्यसैगरी सशस्त्र प्रहरी बलको नियमित गस्ती टोलीले पडरी सुस्ताको नर्सही लगायतको स्थानहरुबाट रावडी दाना १२ बोरा, इन्भर्टर ब्याट्री १ पिस, चकलेट १२ केजी र माछाको दाना ८० केजी लगायत सामाग्री अवैध रुपमा नेपाल ल्याइदै गरेको अवस्थामा बरामद गरिएको थियो।
सशस्त्र प्रहरी बलबाट बरामद गरिएको अवैध सामाग्रीलाई थप कानुनी प्रक्रियाको लागि महेशपुर भन्सार पठाइने तयारी भइरहेको बताइएको छ।
बरामद गरिएको माछाको दाना,रावडी दाना, ब्याट्री र चकलेट लगायत सामाग्रीको मूल्य २ लाख २० हजार रहेकोे २६ न. गणले जनाएको छ।
रातिको समयमा सुनसान इलाकाबाट अवैध कर्मीहरुले अवैध सामाग्री ल्याएको गोप्य सुचनाको आधारमा सुक्ष्म ढंगको चेकजाँच गर्दा उक्त सामग्री बरामद गरिएको पनि बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित