Rashtriya Dainik

प्रतापपुरमा ४५ दिने कम्प्युटर तालिम सुरु

संजय कुशवाहा / नवलपरासी ११ फागुन

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा वडा नं. ८ मा ४५ दिने बेसिक कम्प्युटर तालिम शुक्रबारदेखि सुरु भएको छ । प्रतापपुर वडा नमबर ८ को वडा कार्यालयको सहयोग र लुम्बिनी इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा ४५ दिने बेसिक कम्प्युटर तालिम सुरु भएको हो ।

वडा नम्बर ८ का वडाध्यक्ष संतोष राजभरले तालिमको उद्घाटन गर्दै युवाहरुको क्षमता विकासलाई वडाले प्राथमिकता दिएको बताए । वडाका युवालाई सीप सिकाएर दक्ष बनाई आयआर्जन गर्नका लागि अभिप्रेरित गर्न तालिम सञ्चालन गरिएको वडाध्यक्ष राजभरले बताए ।
अध्ययन सकेर यत्तीकै बसीरहेका युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिम उपयोगी हुने उनको विश्वास छ । तालिमबाट प्राइभेट कम्पनी फर्म सरकारी तथा गैरसरकारी संघ, संस्था, निजी व्यापार, व्यवसाय संचालन गर्न वा रोजगार कार्यमा राहत हुने छ बताउदै सम्पुर्ण बिद्यार्थी भाईबहिनीहरुको उज्ज्वल भविस्यको शुभकामना दिदै हाम्रो शिक्षामा लगानी रहने गर्दछ उहाँहरुको गुणस्तरीय जिवनको लागी अगामी दिनमा अझै उत्साहित गर्नलाई लोक सेवा आयोगको कक्षा पनि संचालित गर्ने छौ बताउनुभयो ।
तालिममा ६० जना विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित