Rashtriya Dainik

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट दैनिक २५ जनाभन्दा बढी पीडित

कपिलवस्तु / ११ फागुन

नेपालमा हरेक दिन २५ जनाभन्दा बढी मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा पीडित हुने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

इन्सेकले फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सन् २०२३ मा संकलन गरेको मानवअधिकार उल्लङ्घन र ज्यादतीका तथ्य तथ्याङ्कको विश्लेषण गर्दा सो विवरण पाइएको हो ।

सन् २०२३ मा नेपालमा ९ हजार ३ सय ८८ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ माउल्लेख छ । सन् २०२३ माराज्य पक्षबाट ६ जना र अन्य पक्षबाट ३ सय १७ जनाको हत्याभएको वर्ष पुस्तकमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा कुन पक्षबाट कति पीडित ?

लुम्बिनी प्रदेशमा सन् २०२३ मानव अधिकार उल्लंघनका घटनामा २ जना महिला र ४१ जनापुरुष गरी ४३ जना र ज्यादतीका घटनामा १ हजार ९ सय ५५ महिला र ७० जना पुरुष गरी २ हजार २६ जना पीडित भए । जसमध्ये बालअधिकारका घटनामा २ सय ९२ जना, अमानवीय व्यवहारका घटनामा १ जना, धम्कीका घटनामा ४ जना, अपहरणका घटनामा ७ जना, महिला अधिकारका घटनामा १ हजार ६ सय १० जना, कारागारमा मृत्युका घटनामा दुई जना, जातीय विभेदका घटनामा १० जना, पीडित भए ।
यस्तै गिरफ्तारीका घटनामा ९ जना, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनामा २ जना, बेपत्ताका घटनामा १ जना, कुटपिटका घटनामा, ४१ जना, हिरासतमा मृत्यु घटनामा १ जना र हत्याका घटनामा ५५ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।

यसै बिच सन् २०२३ मा कुशलतापुर्वक मानव अधिकारकार अनुगन र प्रलेख कार्य सम्पन्न गरेकोमा इन्सेक कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यलाई उत्कृष्ट पुरस्कार सहित प्रशंसा पत्रले सम्मान गरिएको छ । उक्त सम्मान पूर्व राष्ट्रपतिद्वारा फागुन ७ गते काठमाडौंमा प्रदान गरिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित