सुरेश यादव/ नवलपरासी ,११ फागुन
जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भण्डारी लाल अहिरसंग आज रामग्राम नगरपालिका वडा नं ४ काे परिसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादवकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश कृषि मन्त्री अहिरकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । अन्तरक्रिया कार्यक्रममा बाेल्दै मन्त्री अहिरले रामग्राम नगरपालिका डा नं १० मा ९ लाख र वडा नं १६ मा ५ लाखक बराबरको २० वटा डिप ट्युबवेलकाे लागि बजेट विनयाेजन गरिएकाे जानकारी दिनुभयाे । याे आर्थिक वर्षमा सुस्ता गाउँपालिका भित्र ५० लाख बराबरकाे बिद्युत पाेलकाे लागि बजेट विनयाेजन गरि काम गरिएकाे र आउने दिनमा पालिकाकाे नाम ताेकेर कृषि क्षेत्रमा बजेट विनयाेजन गरिने मन्त्री अहिरले अवगत गरानुभयाे । साथै स्वास्थ्य मन्त्रालयबाट पृथ्वी चन्द्र अस्पतालमा सिनियर डाक्टर पठाउने आवश्यक पहल गर्ने उहाँले जाेड दिनुभयाे ।

अन्तरक्रिया कार्यक्रममा पुर्व रक्षा राज्य मन्त्री रामवचन यादव,रामग्राम ४ का वडा अध्यक्ष मदन यादव,वडा नं ७ का वडा अध्यक्ष रविन्द्र यादव,वडा नं ११ का वडा अध्यक्ष धनिराम यादव,पृथ्वी चन्द्र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ता लगायतको उपस्थिति रहेकाे जसपा जिल्ला सह-सचिव कमलेश मालीले जानकारी दिनुभयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

