काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य देबेन्द्र राज कण्डेलले आज “जय सनातन हिन्दु राष्ट्र” भन्दै सामाजिक संजाल फेसबुक मार्फत एक बक्तब्य जारी गर्नु भएको छ ।
आज बेलुका जारी गरिएको सन्देशमा उहाँले “जय सनातन हिन्दु राष्ट्र”भन्दै नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राख्नु भएको छ ।
उहाँले अभियान सफल नहुन्जेल पार्टी भित्रै रहेर बैचारिक लडाई चलिरहने पनि प्रष्ट पार्नु भएको छ । “वैदिक सनातन हिन्दु राष्ट्र”अभियानलाई सार्थकका लागि सहयोग गर्नु हुने सम्पुर्ण नेतृत्व तथा महासमिति सद्स्य ज्युहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै सो अभियान सफल नहुन्जेल केन्द्रिय समिती तथा पार्टी भित्र सदैव हामी लडिरहने प्रतिबद्धता ब्यक्त गर्दै यहाँ सम्पुर्णको साथ सहयोग तथा सदभावको हार्दिक अपेक्षा गर्दछु,उहाँले भन्नुभएको छ ।
उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नु भएको छ ,अन्ततः नेपाली काङ्ग्रेसको सम्पन्न महासमितिबैठक २०८० मा नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने अभियान सहित स्व.आदर्श नेता खुम बहादुर खडकाद्वारा सुरुवात महाअभियानलाई पुनर्गठित गरि केन्द्रिय सद्स्य एबं माननिय शंकर भण्डारी जीको संयोजकत्वमा, म आफै सह-संयोजक,नेता लोकेश ढकाल सहित तमाम हिन्दु राष्ट्र प्रेमी नेतृत्वको प्रेरणा तथा नेतृत्वमा गठित वैदिक सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानका तर्फ बाट ४२ केन्द्रिय सद्स्यज्यु तथा कुल १९५० महासमिति सदस्य मध्ये स्पष्ट बहुमत ११६३ महासमिति साथीहरुको हस्ताक्षर सहित आज केन्द्रिय सभापति ज्युलाई प्रतिबेदन हस्तान्तण गरियो।
महासमितिमा प्रस्तावित ४ मध्ये १ प्रतिबेदन पारित सहित प्राप्त सबै प्रतिबेदन तथा सुझावलाई केन्द्रिय समितिमा छलफल गरि निर्णय गर्ने गरि महासमिति बैठक सम्पन्न भएको छ।
हाम्रो वैदिक सनातन हिन्दु राष्ट्र अभियानलाई सार्थकका लागि सहयोग गर्नु हुने सम्पुर्ण नेतृत्व तथा महासमिति सद्स्य ज्युहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै सो अभियान सफल नहुन्जेल केन्द्रिय समिती तथा पार्टी भित्र सदैव हामी लडिरहने प्रतिबद्धता ब्यक्त गर्दै यहाँ सम्पुर्णको साथ सहयोग तथा सदभावको हार्दिक अपेक्षा गर्दछु।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

