Rashtriya Dainik

पर्सामा नलकटुवा पेस्तोल सहित २ जना पक्राउ

वीरगन्ज १० फागुन

जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो।
हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र गिरी र पोखरीया वडा नम्बर ९ का शिवपुजन मुखियालाई अबैध नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बहुदरमाई न.पा. वडा नं.९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा निजले लगाएको कालो रंङको ज्याकेटको वाँया साईडको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा अबैध नलकटुवा पेस्तोल थान-१ पक्राउ परेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।
हातहतियार सहित गिरी र मुखियालाई नलकटुवा पेस्तोल सहीत बरामद गरी उनीहरू विरुद्ध हातहतियार सम्बन्धी कसूरमा मुद्दा चलाई थप अनुसन्धान तथा कारवाही भईरहेको प्रहरी उपरीक्षक ढुंगेलले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित