Rashtriya Dainik

भ्रष्टाचार आरोपमा राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध मुद्दा

काठमाडौं। कपिलबस्तुको गौतम बुद्ध साझेदारी बनको रुख कटानमा अनियमितता गरेको आरोपमा राप्रपाका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मंगलबार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्कीलगायतलाई प्रतिवादी बनाएको छ। हाल प्रदेश सांसद रहेका यादव गौतमबुद्ध साझेदारी वन ब्यवस्थापन समितिका तत्कालिन अध्यक्ष थिए। ६ वटा कटान प्लटको ३७ हजार क्यु फिट काठ निकाल्ने ठेक्का स्वीकृत भएकामा व्यवस्थापन समिति र वन कर्मचारीको मिलेमतोमा केही काठहरु स्थानीय समिललाई विक्री गरेर अनियमितता गरेको आरोप लगाइएको छ।

कटान गरिएका रुखबाट कम परिमाणमा काठ उत्पादन भएको देखाएर करिब २९ लाख रुपैयाँ हिनामिना भएको अख्तियारको दावी छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित