पार्वती आचार्य/ कपिलवस्तु ,९ फागुन
कपिलवस्तु प्रहरीले तिन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक गोपाल जंङ्ग रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलिले फागुन ७ गते घटना पश्चात फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ । २०७४ सालको असोज १५ गते दसैँमा मुर्ति विसर्जन गर्ने क्रममा अन्दाजी २२ वर्षीय राम बहादुर थारुलाई मोटरसाईकलको हेलमेटले कुटपिट गरि हत्या गरेका थिए ।
उक्त घटना पश्चात फरार रहेका बाणगंगा नगरपालिका वडा नम्बर ६ अमौलीका २८ बर्षीय तुल्सीराम थारु, २६ वर्षीय शिव शंकर भनिने शालिकराम थारु र सोहि गाउँकै २६ वर्षीय अनिल थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलिले जानकारी दिनुभयो ।
कपिलवस्तु जिल्ला अदालत तौलिहवाबाट २०७६ भदौ १० गते कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा जनही ९ वर्ष कैद फैसला भई फरार रहेका उनीहरुलाई पक्राउ गरी सम्मानित कपिलबस्तु जिल्ला अदालतमा दाखिला गरि उनीहरुलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक वलिले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

