Rashtriya Dainik

छैटौं नवलपरासी औद्योगिक व्यापार मेला फाल्गुन १६ गतेदेखि हुने

उमेश बि.क / नवलपरासी ,९ फाल्गुन

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा छैटौं नवलपरासी औद्योगिक व्यापार मेला आयोजना गरीने भएको छ ।

उद्योग बाणिज्य संघ नवलपरासीको आयोजनामा यहि फाल्गुन १६ गतेदेखि ३० गतेसम्म रामग्राम ५ परासी स्थीत बाईपासमा हुने आयाेजकले जनाएको छ।

कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत् प्रदर्शनी सहितको मेला हुने नवलपरासी उद्योग बाणिज्य संघको अध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनुभयो ।

ऐतिहासिक धार्मिक स्थल रामग्राम स्तुप, पण्डितपुर लगायत विभिन्न स्थलहरुको थप प्रर्वद्धन गर्न पनि मेला सहयोगि हुने विश्वास लिईएको छ ।

मेलाले यस क्षेत्रको कृषि पर्यटन एवं औद्योगिक विकास संगै धार्मिक एतिहासिक तथा सांस्कृतिक, पर्यटकिय र जैवीक विविधताको संरक्षण तथा प्रचारप्रसार हुनुका साथै समग्र आर्थिक तथा समाजिक विकासमा टेवा पुर्याउने विश्वास लिईएको छ ।

फलस्वरूप मेलाको तयारी तिव्र पारिएको आयोजक नवलपरासी उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

मेलामा सूचना प्रविधिको प्रदर्शनी, सहित यस क्षेत्रको विकास तथा व्यापार प्रर्वद्धनका सवालमा विभिन्न सेमिनार तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने उपाध्यक्ष गिरीराज पाण्डेले जानकारी दिनुभयो ।

साथै बाल उद्यान सहित विभिन्न खानाका परिकार, जातिय पहिचान झल्किने कला संस्कृतीको प्रर्दशनी र स्थानिय तथा राष्ट्रिय कलारकारको प्रस्तुती रहने जनाईएको छ ।

मेलामा विभिन्न विधाका १ सय ५० स्टल रहने छन् । मेला यस क्षेत्रको आर्थिक विकासका लागी सहयोगि हुने विश्वास व्यक्त गर्दे उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारीले अर्थतन्त्र ओरालो लागिरहेको विषम परिस्थीतीमा निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो ।

दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको व्यापार मेलामा करीब पाँच करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलालाई सबैको गौरवको विषय बनाउनुपर्ने र उद्योगि व्यापारी मात्रै नभई यस क्षेत्रका नागरिकले अपनत्व महसुस गर्नुपर्नेमा संघका सल्लाहाकार श्याम कुमार बस्यालले जोड दिनुभयो ।

मेलामा एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थी तथा समुह बनाई आउनेको हकमा पचास रुपैयाँ र विद्यालय कार्डको आधारमा ७० रूपैयाँमा टिकट उपलब्ध गराईने छ ।

दर्शकको मनाेरन्जनका लागि ख्यातिप्राप्त गायक ,ख्यातिप्राप्त कलाकार तथा स्थानीय समुदायका परम्परागत भेषभूषा र संस्कृति पनि प्रदर्शन गरिने आयाेजकले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित