Rashtriya Dainik

लुम्बिनी प्रदेश सभाको अधिवेशन फागुन १८ गते देखि सुरु

दाङ, ९ फागुन

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनका पहिलो बैठक फागुन १८ गते देखि सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सभाको अधिवेशन फागुन १८ गते देखि सुरु हुने प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम दोस्रो लुम्बिनी सभाको तेस्रो हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरेपछि प्रदेश सभाको बैठक बस्न लागेको हो ।

प्रदेश सचिव दुर्लभ कुमार पुनले प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेश सभा सदस्यहरूका लागि जानकारी मूलक सूचना प्रकाशन गरिएको बताउनुभयो । उहाले अधिवेशन आह्वान सम्बन्धी सूचना प्रकाशित गरेर सदस्यहरू लाई जानकारी गराउनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित