Rashtriya Dainik

सरावल गाउँपालिकाका एसईई परिक्षा दिइने विद्यार्थीलाई वृति परामर्श तालिम

राष्ट्रिय दैनिक / नवलपरासी ,९ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका भरि कक्षा १० मा अध्ययनरत(एसईई) परिक्षा दिइने विद्यार्थीलाई लक्षित गरि वृति परामर्श तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

एसईई परिक्षा पश्चात थप उच्च शिक्षा तर्फको अध्ययनमा कुन क्षेत्रमा जाने र त्यसका लागि आवश्यक तयारीका लागि परिक्षामा कति मार्क ल्याउनु पर्ने जस्ता जानकारी दिइने उदेश्यले सो वृति परामर्श कार्यक्रम ल्याएको हो ।

एसईई परिक्षा पास गरेर उच्च शिक्षाका लागि पहिला देखी नै तयारी बनाउने उदेश्यले बालबालिकाका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो ।

सो कार्यक्रमको शुभारम्भ गाँउपालिका वडा नं.१ स्थित बसन्त माविबाट गर्दै पालिका भरिका सबै माध्यमिक विद्यालयका विद्यार्थीलाई एक दिवशिय वृति परामर्श कक्षा सञ्चालन गरिने पालिका अध्यक्षकाे स्वकीय सचिव सन्जय माैर्यले जानकारी दिनुभयो ।

यसले एसईई दिइने विद्यार्थीले कुन विधामा उच्च शिक्षाको यात्रा गर्ने हो,त्यसका लागि आवश्यक आधारभुत तयारी कसरी गर्ने,कुन विषयका लागि कति मार्क ल्याउनु पर्ने जस्ता जानकारी गराइए पछि सोही अनुसार नै विद्यार्थीले परिक्षाको तयारीमा लाग्ने विश्वास गरेका छौ,उपाध्यक्ष हरिजनले भन्नुभयो , एसर्ईई परिक्षाका पास गरे पछि धेरै विद्यार्थीलाई कौतुलक हुन्छ,तर त्यो बेला हतारको निर्णय हुन्छ ।

जुन कतिपय विद्यार्थीले पछुतो मान्ने गर्छन् । यदि कसैले विज्ञान तर्फ उच्च शिक्षा अध्ययन गर्न चाहन्छ भन्ने उसले कुन विषयलाई अहिले देखी नै तयारी गरि उच्चतम मार्क ल्याउनु पर्छ । सोही अनुसारको तयारी गर्नु पर्छ ।

त्यसका लागि अभिभावकलाई पनि सन्तुष्ट बनाउन तर्फ पनि विद्यार्थी आफै लाग्नु पर्ने वहाँकाे भनाई थियो । अहिले ग्रेडिगँमा पनि केही परिवर्तनहरु भएका छन्, वहाँले भन्नुभयो , यो वृति परामर्श शिक्षा त्यसका लागि पनि हो ।

यसले विद्यार्थीलाई बुझ्न जान्न सहज बनाउने छ । यसलाई उच्च शिक्षाका लागि पुर्व तयारी परामर्शको रुपमा लिइनु पर्छ, वहाँले थप्नुभयाे, माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानिय सरकारलाई भए पनि अन्य उच्च शिक्षाका लागि माध्यमिक तहबाटै तम्तयार गरिदिनु पर्छ, भनेर यो कार्यक्रम सञ्चालन गरिएको हो ।

बेलामै यसबारे जानकारी गराए पछि विद्यार्थी अभिभावकलाई सोच्ने र तयारी गर्ने समय प्रयाप्त हुनेछ । सो कार्यक्रमकाे सहजीकरण अरबिन्द शर्मा, समतबरेज अलि, अब्दुल कलाम खानले गर्नुभएको छ।

यो वृति परामर्श कार्यक्रमले सरावलका विद्यार्थी बेलामै निर्णय लिइने र तयारीमा जुट्न सक्षम हुने विश्वास ब्यक्त गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित