Rashtriya Dainik

पर्वतको बिहादी गाउँपालिकामा दादुरा रुबेला खोप अभियान

पर्वत , विहादी ।

पर्वतको बिहादी गाउँपालिकामा दादुरा रुबेला खोप अभियान २०८० पालिका स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न भएको छ ।

बिहादी गाउपालिका अध्यक्ष परविन गुरुङको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउपालिका अध्यक्ष परविन गुरुङले गाउपालिकामा हुने स्वास्थ्यको कार्यक्रमलाइ सफल बनाउन कुनै कसुर बाकि नराख्ने बताउनुभयो सोहि कार्यक्रममा बोल्दै उपाध्यक्ष मिना तिवारीले दादुरा रुबेला अभियानमा हामी जनप्रतिनिधिहरु पनि सक्रियताका साथ् लागि पर्ने बताउनुभयो |

सोहि कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद भुसालले स्वास्थ्यका कार्यक्रमहरु सम्बेदन सिल भएकाले यस अभियानलाइ सफल बनाउन जनप्रतिनिधि, पत्रकार सरोकार वाला सम्पूर्णलाइ सहयोगका लागि अपिल गर्नुभयो उक्त कार्यक्रम संचालन तथा व्यवस्थापन बिहादी गाउँपालिका  स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र नाथ पौडेलले गर्नु भयो |

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित