आरपी उपध्याय / नवलपरासी
हिन्दु र इस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा लाग्ने मदारबाबा मेलालाई लक्षित गरि जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको बैठक पुर्वी नवलपरासीको त्रिवेणीमा सम्पन्न भएको छ।
पहाडको डाडामा लाग्ने मदारबाबा मेलालाई भव्य,सभ्य र विधि सम्मत ढङ्गले सम्पन्न गर्न बैठकले निर्णय गरेको जानकारीमा आएको छ।
मदारबाबा मेलामा जाने तिर्थालुहरुलाई बाटो सफाइ,खानेपानी तथा शौचालयको प्रबन्ध पनि मेला पुर्व नै गरिसक्नु पर्नेमा सो बारे स्थानीय समिति नै कृयाशिल हुनुपर्ने बैठकमा सहमति भएको थियो।
मदारबाबा मेला अवधिभरी विनयी त्रिवेणी ६ र ७ मा मदिरा विक्री वितरणमा पुर्ण रोक लगाउन सम्बन्धित वडा कार्यालयले सार्वजनिक सुचना मार्फत सबैमा जानकारी गराउने निर्णय भएको छ।
मदारबाबा मेला भुगोल र क्षेत्रको मात्र नभई धर्म,संस्कृति र आस्थाको मेला भएकोले मेलामा आउने तिर्थालुहरुलाई भयमुक्त रुपमा सभ्य ढंगबाट मेला अवलोकनको वातावरण मिलाउन पनि सहमति भएको जानकारी प्राप्त भएको छ।
आउदो फागुन १७ गतेदेखि २७ गतेसम्म लाग्ने मदारबाबा मेला सुस्ता गाउँपालिकाको महलबारीदेखी प्रारम्भ भइ चार घण्टाको उकालो पहाड डाडामा मदार बाबा मेला लाग्ने परम्परा रहदै आएको छ।
मदारबाबा मेलामा आउने यात्रुहरुलाई शान्ति सुरक्षाको भरपर्दो र विश्वसनिय व्यवस्था मिलाउन नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवक परिचालन गर्ने पनि निर्णय भएको छ।
बैठकमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले एतिहासिक,धार्मिक सम्पदाको रुपमा रहेको मदारबाबा मेलालाई सम्पन्न गर्न अन्तर जिल्ला सुरक्षा समितिको बैठकले जोखिमपूर्ण बाटो पारगर्दा अपनाउनुपर्ने सावधानी र मेलामा आउने तिर्थालुहरुलाई गरिने व्यवहार सकारात्मक हुनुपर्ने तर्फ सबै पक्षले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो।
बैठकमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय,विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी र दुबै जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

