Rashtriya Dainik

लाखौं खर्च गर्दा वर्ष दिनमै बिग्रियो सडक बत्ति,गाउँ बन्यो अन्धकार

बिनोद निगम / नवलपरासी /०८ फागुन

नवलपरासी जिल्लाको पल्हिनन्दन पाल्हीनन्दन वाड नं. १ महेशपुर चोकमा जडान गरिएको सोलर बत्ति ४ वर्षजति भयो तर-एक वर्ष भन्दा बढी टिकेन,बत्ती बल्न छोडेको तीन वर्ष भइसक्दा पनि मर्मतका लागि कुनै पनि पहल नभएको समाजसेवी बिरेन्द्र गुप्ताले बताउनुभयो।

सोलर बत्ती जडान भएको ४ महिना लगत्तै बत्ती बल्न छोडेको साथै बिकासको गति नदेखिएको भन्दै महेशपुरका स्थानीय मोहित हरिजन र राजकुमार हरिजनले गुनासोपोखेका छन्।

सुनरीका युवा नेता रविन्द्र पटेलको भनाई अनुसार २ बर्ष कार्यकाल बितिसक्दा पनि शून्य विकास भएको छ । त्यसैगरी चम्कीपुरमा ४ बर्ष पहिले नै जडान गरिएका सोलर बत्तीहरू ३ देखि ४ महिनामै बिग्रिदा त्यहाँका स्थानीय युवाहरुद्वारा मर्मत गरिएको थियो र पछि फेरि बिग्रिएपछि अहिलेसम्म मर्मत नभएको त्यहाँका स्थानियहरूको भनाई छ।

साथै शंकरपुर र रमपुरवामा पनि सोही अवस्था रहेको छ । रातिमा बल्नुपर्ने बत्ती सधैँका लागि निभेपछि पैदलयात्रीले खेप्नुपरेको स्थानीयहरुले बताएँका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित