काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष ०७४/७५ मा गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिमा ठेकेदारसमेतले नापजाँच मूल्यांकन परिमाणभन्दा कम काठ उत्पादन संकलन भएको देखाइ वन पैदावार हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक एवम् वन अधिकृत महेन्द्रराज वाग्ले लगायतविरुद्ध मुद्दा दायर भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

