नवलपरासी – मोहन बैद्य ‘किरण’नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको संर्घष तीब्र बनाउने चेतावनी दिएको छ । पार्टीको रामग्राम नगर संगठन समितिले सोमवार परासीमा आयोजना गरेको २९ औं जनयुद्ध दिवस बिशेष कार्यक्रममा उक्त चेतावनी दिएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले भष्ट्रचार तथा कमिसनखोरीका बिरुद्धको संर्घषलाई घनीभुत पार्ने बताउनुभयो । उहाँले दलाल सत्ता र संसदीय ब्यवस्थालाई जरैदेखि नफाले सम्म संर्घष जारी रहने दावी गर्नुभयो । ‘हामी जिल्लाब्यापी रुपमा संर्घषको तयारीमा छौं, भष्ट्राचार बिरुद्धको संर्घष तीब्र हुदै गएको छ । ‘ –उहाँले भन्नुभयो – ‘यो दलाल संसदीय ब्यवस्थाबाट जनता आजित भएका छन् । यसको बिकल्पमा नयाँ जनवाद हुदै बैज्ञानिक समाजवादमा जाने हाम्रो लक्ष्य छ ।’ कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले आत्मसंर्घष, अन्तरसंर्घष र बर्गसंर्घष पार गर्दै आन्दोलन अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले गाउँघरमा भएका बिकृति बिसंगति मात्र नभई भष्ट्रहरुको सही तथ्यांक ल्याउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘जनतालाई दुःख दिने हरेक ब्यक्तिको रेकर्ड पार्टीमा बुझाउनुस् , चाहे त्यो कर्मचारी होस् वा जनप्रतिनिधि किन नहोस् जनपीडकका बिरुद्ध हाम्रो संर्घष जारी रहनेछ, –उहाँले भन्नुभयो । त्यस्तै कार्यक्रममा युवा तथा बिद्यार्थी संगठन देशैभरले गर्दै आएको भष्ट्रचारीलाई कालोमोसो अभियानलाई जिल्लामा विस्तार गर्नुपर्ने नेता कार्यकर्ताले माग गरेको पार्टी सम्बद्ध स्रोतले बताएको छ । सो कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा रामग्राम ईन्चार्ज जयफुल्लाह हसनको अध्यक्षता, प्रदेश सदस्य एंव नगर संयोजक सुर्य प्रसाद सापकोटाको संचालनमा भएको थियो । कार्यक्रमपछि सम्पन्न नगर संगठन समितिको बैठकले पार्टी नगर सहसंयोजकमा अरुण र सदस्यमा आकाशलाई थप गरेको नगर ईन्चार्ज हसनले जानकारी दिनुभयो । उक्त पार्टी तथा पार्टी निकट जन संगठनहरुले देशैभर कालोमोसो अभियान तीब्र समेत बनाउदै आएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

