बिनोद निगम/ नवलपरासी / ०८ फागुन
जिल्ला नवलपरासी क्षेत्र नं.२ का संघीय सांसद ध्रुवबहादुर प्रधानले महेशपुर भन्सारमा क्वारेन्टाईन स्थापना गर्न माग गरेका छन् ।
गए आईतबार प्रतिनिधि-सभाको बैठकमा विशेष केही मिनट समय लिएर बोल्दै सांसद प्रधानले पश्चिम नवलपरासी जिल्लाको महेशपुर भन्सारमा तत्काल क्वारेन्टाईन स्थापना गरि सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको हो ।
राप्रपा उपाध्यक्ष समेत रहनुभएका प्रधानले महेशपुर भन्सारमा क्वारेन्टाईन नहुँदा व्यवसायीहरु परीक्षणका लागि एक देखि २ दिन सम्म कुर्नु पर्ने र रुपन्देहीको बेलहिया भन्सारमा परीक्षण गर्न जानुपर्दा समय र खर्चको व्ययभार खेप्नुपरेको बताउनुभयो ।
यस क्षेत्रमा पछिल्लो समय ठूला तथा मझौला उद्योगहरु पनि खुलेको र उद्योगीको सहजताका लागि पनि महेशपुर भन्सारमा क्वारेन्टाईनको आवश्यकता रहेको भन्दै उहाँले नेपाल सरकार, कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यनाकर्षण गराउनु भएको हो । मूल भन्सारमा रूपमा परिणत भएको ५ वर्ष बितिसक्दा पनि महेशपुर भन्सारमा हालसम्म क्वारेन्टाईन स्थापना गरिएको छैन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

